back
CTIZAN AD

एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास

वि.सं.२०७६ भदौ ६ शुक्रवार

921 

shares

६ भदौ, काठमाडौँ । एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् ।
प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ ‘प्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले साउन, भदौ र असोज महीनामा धेरै ‘प्रेस पास’ वितरण हुने गरेको छ ।
विभागले पोखरा, हेटौँडा, विराटनगर, धनगढी र नेपालगञ्ज सञ्चार केन्द्रबाट प्रेस पास नवीकरण गर्न पाइने व्यवस्था गरेको छ । यस्तै नयाँ लिनका लागि भने विभागमा जानुपर्ने वा घुम्ती शिविर सञ्चालन भएको बेला लिने पाइने व्यवस्था गरिएको छ ।
विभागले कोही पनि श्रमजीवी पत्रकार ‘प्रेस पास’ लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष उपत्यका बाहिर विभिन्न जिल्लाका सात स्थानमा घुम्ती शिविर सञ्चालन गरेर प्रेस पास उपलब्ध गराउँदै आएको छ । बढी पत्रकार हुने ठाउँमा विभागको टोली पुगेर आवश्यक प्रक्रिया पूरा गरेका पत्रकारलाई ‘प्रेस पास’ वितरण गर्दै आएको हो ।
विभागका सूचना अधिकारी सुमन बज्राचार्य अधिकांश पत्रकारहरुले ‘प्रेस पास’ लिने गरे पनि नवीकरण गर्न नआउने समस्या देखिने गरेको बताउछन् । “एक वर्षका लागि प्रेस पास दिने भएकाले प्रत्येक वर्ष नवीकरण गर्न विभाग वा सञ्चार केन्द्रमा आउनुपर्नेमा अधिकांश पत्रकारहरुले नवीकरण गर्न नआउने गरेका छन्”, उनी भन्छन् ।
पटक–पटक सञ्चारमाध्यम फेरिराख्ने प्रक्रियाका कारण पनि ‘प्रेस पास’ नवीकरणका लागि समस्या पर्ने गरेको उनको भनाइ छ । विभागले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक, सम्बन्धित सञ्चारमाध्यामको निवेदन र नियुक्तिपत्रका आधारमा ‘प्रेस पास’ उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार ११:५२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...