back

एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास

वि.सं.२०७६ भदौ ६ शुक्रवार

108 

shares

६ भदौ, काठमाडौँ । एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् ।
प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ ‘प्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले साउन, भदौ र असोज महीनामा धेरै ‘प्रेस पास’ वितरण हुने गरेको छ ।
विभागले पोखरा, हेटौँडा, विराटनगर, धनगढी र नेपालगञ्ज सञ्चार केन्द्रबाट प्रेस पास नवीकरण गर्न पाइने व्यवस्था गरेको छ । यस्तै नयाँ लिनका लागि भने विभागमा जानुपर्ने वा घुम्ती शिविर सञ्चालन भएको बेला लिने पाइने व्यवस्था गरिएको छ ।
विभागले कोही पनि श्रमजीवी पत्रकार ‘प्रेस पास’ लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष उपत्यका बाहिर विभिन्न जिल्लाका सात स्थानमा घुम्ती शिविर सञ्चालन गरेर प्रेस पास उपलब्ध गराउँदै आएको छ । बढी पत्रकार हुने ठाउँमा विभागको टोली पुगेर आवश्यक प्रक्रिया पूरा गरेका पत्रकारलाई ‘प्रेस पास’ वितरण गर्दै आएको हो ।
विभागका सूचना अधिकारी सुमन बज्राचार्य अधिकांश पत्रकारहरुले ‘प्रेस पास’ लिने गरे पनि नवीकरण गर्न नआउने समस्या देखिने गरेको बताउछन् । “एक वर्षका लागि प्रेस पास दिने भएकाले प्रत्येक वर्ष नवीकरण गर्न विभाग वा सञ्चार केन्द्रमा आउनुपर्नेमा अधिकांश पत्रकारहरुले नवीकरण गर्न नआउने गरेका छन्”, उनी भन्छन् ।
पटक–पटक सञ्चारमाध्यम फेरिराख्ने प्रक्रियाका कारण पनि ‘प्रेस पास’ नवीकरणका लागि समस्या पर्ने गरेको उनको भनाइ छ । विभागले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक, सम्बन्धित सञ्चारमाध्यामको निवेदन र नियुक्तिपत्रका आधारमा ‘प्रेस पास’ उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार ११:५२ मा प्रकाशित

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...

पाँच वटा कम्पनी कालोसूचीमा

पाँच वटा कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन...

हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना !

हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश...

देशको अर्थतन्त्र सुधारको गतिमा रहेको छ : मन्त्री डा महत

देशको अर्थतन्त्र सुधारको गतिमा रहेको छ : मन्त्री डा महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा...

घरमा आगलागी हुँदा ग्यास सिलिण्डर पड्कीएर एक जनाको मृत्यु

घरमा आगलागी हुँदा ग्यास सिलिण्डर पड्कीएर एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको...