६ भदौ, काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले ‘मन्जुश्री विशेष बचत खाता’ नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ ।
उक्त बचत खाता अन्तर्गत न्युनतम मौज्दात रु. ५०००- मा बचतकर्ताहरुले वार्षिक ८.२५५ व्याजदर प्राप्तगर्न सक्ने छन् । जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै ए.टि.एम बाट विना शुल्क रकम झिक्न सकिने पनि बैकले जनाएको छ ।
त्यसैगरी निःशुल्क चेक बुक, बिनाशुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिने तथा एस.एम.ए. बैंकिङ्ग, C_ASBA, IPS Service & Connect IPS र ECC (Cheque Clearance Service जस्ता सुविधाहरु पनि निःशुल्क उपलब्ध गराएको फाइनान्सद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
उक्त फाइनान्सको चुक्ता पुँजी रु ८० करोड ४० लाख रहेको र यस फाइनान्सको असार मसान्त सम्म रु. ७ अर्ब ३० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ५५ करोड कर्जा लगानी रहेको छ पनि बताइएको छ ।
केन्द्रिय कार्यालय नयाँबानेश्वर काठमाण्डौंमा रहेको फाइनान्सले न्युरोड काठमाण्डौ , नारायणगढ ,बुटवल, धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्जशाखाबाट कारोबार गर्दैआएको छ । साथै यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स सुविधा समेत उपलब्ध गराउँदै आएको बताइएको छ ।
वि.सं.२०७६ भदौ ६ शुक्रवार ११:५५ मा प्रकाशित






























