back
CTIZAN AD

पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण

वि.सं.२०७६ भदौ ६ शुक्रवार

987 

shares

६ भदौ, चितवन । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको जनाएको छ । कुनै पनि व्यक्तिको अस्वाभाविक मृत्यु हुनु दुःखद विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा अस्वाभाविक मृत्युको कारणका लागि निष्पक्ष छानबिन गर्नु राज्य र सरकारको दायित्व भएको जनाइएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा यस सम्वन्धमा निष्पक्ष, सत्यतथ्य छानबिन गरी ‘दोषी नछुटून् र निर्दोष नपरून्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’
उक्त घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिका विषयलाई लिएर कतिपय व्यक्तिबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र व्यक्ति एवं संस्थालाई जोडेर अनावश्यक टीकाटिप्पणी तथा घटनालाई विषयान्तर नगर्न महानगरपालिकाले विज्ञप्तिमार्फत सबैसँग अनुरोध गरेको छ । सडक एवं सामाजिक सञ्जालमा हाल देखापरेका अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारको भ्रममा नपर्न आम नागरिकमा अपिल गरिएको छ । (रासस)

वि.सं.२०७६ भदौ ६ शुक्रवार १२:०७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...