back
CTIZAN AD

दलित अधिकारकर्मीमाथि गालीगलौज गर्ने गाउँपालिका अध्यक्षका छोरा पक्राउ

वि.सं.२०७६ भदौ ६ शुक्रवार

978 

shares

६ भर्दाै, बाजुरा । मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले हिमाली गाउँपालिकाका दुई जनालाई नियन्त्रणमा लिएको छ । दलित अधिकारीकर्मी गोरखबहादुर सार्कीमाथि गाली गर्ने र डुम भनेर विभेद गर्ने चिरीम मल्ल र भूपि मल्ललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिमाली गाउँपालिका– ६ धिममा भदौ २ गते लागेको खौं मेलाबाट फर्किएर घरमा सुतिरहेको बेला दलित अधिकारकर्मी गोरखबहादुर सार्की र उनकी श्रीमती आप्सरी ऐडी सार्कीलाई गाली गरेको, अपमानित शब्द प्रयोग गरेको र डुम भनेर विभेद् गरेको भन्दै उजुरी परेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

गाली गर्ने चिरीम मल्ल हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लका छोरा र भूपि मल्ल भतिजा हुन् । राति सुतिरहेको समयमा कोठामै आएर “डुम कमारा तिमीहरु डुमले मेला हेर्नका लागि चश्मा, कोट लगाउने हो”, भनेर आपत्तिजनक गाली दिएको गोरख सार्कीले बताए ।

गाली गरेको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

पीडित सार्कीले भने आफ्नी श्रीमतीको छातीमा समेत चोट लागेको र दुवै जनालाई गालीसँगै आक्रमणसमेत गरेको बताउनुभयो । घटना घटेलगत्तै दलित अधिकारकर्मी सार्कीले आफूमाथि दुवैले आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर आरोपित मल्लद्वयले भने आफूहरुलाई बिनाकारण फसाउन खोजिएको बताएका छन् । रासस

वि.सं.२०७६ भदौ ६ शुक्रवार १२:०८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...