back

दलित अधिकारकर्मीमाथि गालीगलौज गर्ने गाउँपालिका अध्यक्षका छोरा पक्राउ

वि.सं.२०७६ भदौ ६ शुक्रवार

51 

shares

६ भर्दाै, बाजुरा । मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले हिमाली गाउँपालिकाका दुई जनालाई नियन्त्रणमा लिएको छ । दलित अधिकारीकर्मी गोरखबहादुर सार्कीमाथि गाली गर्ने र डुम भनेर विभेद गर्ने चिरीम मल्ल र भूपि मल्ललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिमाली गाउँपालिका– ६ धिममा भदौ २ गते लागेको खौं मेलाबाट फर्किएर घरमा सुतिरहेको बेला दलित अधिकारकर्मी गोरखबहादुर सार्की र उनकी श्रीमती आप्सरी ऐडी सार्कीलाई गाली गरेको, अपमानित शब्द प्रयोग गरेको र डुम भनेर विभेद् गरेको भन्दै उजुरी परेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

गाली गर्ने चिरीम मल्ल हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लका छोरा र भूपि मल्ल भतिजा हुन् । राति सुतिरहेको समयमा कोठामै आएर “डुम कमारा तिमीहरु डुमले मेला हेर्नका लागि चश्मा, कोट लगाउने हो”, भनेर आपत्तिजनक गाली दिएको गोरख सार्कीले बताए ।

गाली गरेको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

पीडित सार्कीले भने आफ्नी श्रीमतीको छातीमा समेत चोट लागेको र दुवै जनालाई गालीसँगै आक्रमणसमेत गरेको बताउनुभयो । घटना घटेलगत्तै दलित अधिकारकर्मी सार्कीले आफूमाथि दुवैले आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर आरोपित मल्लद्वयले भने आफूहरुलाई बिनाकारण फसाउन खोजिएको बताएका छन् । रासस

वि.सं.२०७६ भदौ ६ शुक्रवार १२:०८ मा प्रकाशित

राप्रपा नेपालको बैठक आज बस्दै

राप्रपा नेपालको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा आइतबार (आज) नेपाल अफगानिस्तानसँग...

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

राष्ट्रपति पौडेल भन्छन् – मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ

राष्ट्रपति पौडेल भन्छन् – मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र...

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया...