back

नेपाल प्रहरीले माग्यो ३ हजार ८ सय ३१ जनाको लागि नयाँ आवेदन

वि.सं.२०७६ भदौ ६ शुक्रवार

546 

shares
GLOBAL IME AD
NTC AD

६ भदौ, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत राखिएको छ । साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट महाशाखाको फोन नम्बर ०१–४४१४९०६ मा सम्पर्क राख्न सकिने सो महाशाखाले जनाएको छ ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार १३:०८ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

काठमाडाैँ । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति...

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...