back
CTIZAN AD

राष्ट्रिय फुटबल टोलीले मलेसियन क्बलसँग मैत्रीपूर्ण खेल खेल्ने

वि.सं.२०७६ भदौ ६ शुक्रवार

786 

shares

६ भदौ, काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली राष्ट्रिय फुटबल टोली आज राति १०ः०० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशियाको दोस्रो चरण छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न तय भएको एन्फाले जनाएको छ ।
फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे छन् । मलेसिया जाने नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन् ।
त्यसैगरी मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । रासस

वि.सं.२०७६ भदौ ६ शुक्रवार १३:१३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...