२३ अगस्त, पोर्चुगल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) पोर्चुगलको आइसीसीको सदस्यमा गोविन्द सापकोटाले उम्मेदवारी दिएका छन् ।
यहि २५ अगस्तमा हुन गइरहेको एनआरएनए पोर्चुगलको सातौ अधिबेशनमा आइसिसि सदस्यका लागि सापकोटाले उम्मेदवारी दिएको बताएका छन् ।
उनले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी (एनआरएनए पोर्चुगलका सदस्य) लाई आफूलाई भोट दिएर विजयी गराइदिन पनि अनुरोध गरेका छन् ।
सापकोटाले दुई कार्यकाल संघको उपाध्यक्ष रहेर सक्रिय भूमिका निर्वाह गरेका छन् ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार १३:३१ मा प्रकाशित






























