back
CTIZAN AD

कोलम्बियामा नयाँ शान्ति संझौता हुदै

वि.सं.२०७३ मंसिर ८ बुधवार

963 

shares

८ मङ्सिर,बोगोटा। कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको दुवै पार्टीले जानकारी दिएको छ ।
नयाँ शान्ति सम्झौता अनुमोदनको लागि संसदमा पेश गरिने भएको छ । दोस्रो पटक जनमत सङ्ग्रहमा जानु भन्दा अनुमोदनको लागि संसदमा पेश गर्नु नै तुलात्मक रुपमा राम्रो हुने बताइएको छ ।
द्वन्द्व अन्त्य गर्न र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन तयार पारिएकोे नयाँ शान्ति सम्झौता अन्तिम अवस्थामा पुगेको दुवै पक्षद्धारा मङगलबार जारी संयुक्त बक्तव्यमा जनाएका थिए ।
नयाँ शान्ति सम्झौता गत नोभेम्बर १२ मा पहिलो पटक घोषणा गरिएको थियो । बिहीबार हुने हस्ताक्षर कार्यक्रम स्थानीय समयानुसार विहान ११ बजे बोगोटाको कोलन थियटरमा आयोजना गरिएको छ ।
सो सम्झौतामा हस्ताक्षर भएपछि अनुमोदनको लागि संसदमा पेश गरिने दुवै पक्षले बताएका छन् ।
“हामीले यसका लागि आवश्यक संपूर्ण प्रक्रियागत कामहरु गरिरहेका छौं,” उनीहरुले भनेका छन् । संसदमा अहिलेको सरकारको बहुमत रहेको छ ।
दुई पक्षबीच नयाँ सम्झौताको लागि वर्तमान राष्ट्रपति जोन म्यानुएल सन्तोषको अथक प्रयास रहेको र प्रतिपक्षी दलसँग पनि पर्याप्त छलफल गर्नु भएको छ ।
सन्तोषले प्रतिपक्षी दलले उठाएका विषयवस्तुलाई सम्झौतामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा फार्कसँग परामर्श गरेको बताउनुभयो ।

विपक्ष दलका नेता तथा पूर्वराष्ट्रपति एल्भारो उरिबेले पहिलो शान्ति सम्झौताले विद्रोहीले विगतमा गरेका अपराधप्रति जवाफदेही नबनाएको भन्दै विरोध गर्दै आउनुभएको थियो ।

कोलम्बियामा झन्डै ५० वर्षसम्म भएको द्वन्द्वका कारण झन्डै दुई लाख ६० हजार जनाको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ८ बुधवार १०:२४ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...