back
CTIZAN AD

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

वि.सं.२०७६ भदौ ९ सोमवार

945 

shares

९ भदौ , काठमाडौं । काठमाडौं, चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा बा.२ ख ४३१७ नम्बरको टिपरले बा.३८ प २३९३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पछाडा भोटेको घटनास्थलमै मृत्यु भएको हो । सोही टिपरले बा.८५ प ५६९ नम्बर र ना.४३ प ८७३५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनामध्ये २ जनालाई केएमसी अस्पताल सिनामंगल र १ जनालाई ट्रमा सेन्टरमा उपचारको लागि ल्याइएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी चितवन, भरतपुर महानगरपालिका -४ शिवघाटस्थित सडकमा ना.६० प ३७३५ नम्बरको मोटरसाइकलले ना.५५ प ३५६८ नम्बरको स्कुटरलाई आइतबार राति ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका -२३ जगतपुर का सूर्यबन्धु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच पर्सा, पर्सागढी नगरपालिका -४ सवैयास्थित सडकमा ना.४८ प १३६४ नम्बरको मोटरसाइकल र ना.२२ प ८१६१ नम्बरको मोटरसाइकल एकआपसमा आइतबार राति ठक्कर खाँदा गम्भीर घाइते भएका ना.२२ प ८१६१ नम्बरका मोटरसाइकल चालक पर्सागढी नगरपालिका ३ का बाग बहादुर लामाको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ना.४८ प १३६४ नम्बरका मोटरसाइकल चालक पर्सागढी नगरपालिका ४ बस्ने २७ वर्षीय रवि साहको गण्डक अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ ९ सोमवार १३:३४ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...