back
CTIZAN AD

छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

वि.सं.२०७६ भदौ ९ सोमवार

930 

shares

९ भदौ, पोखरा । (रासस) पछिल्लो समय देशभरि सौन्दर्य प्रतियोगिता धेरै भइरहेको छ । पोखरामा मात्रै वर्षमा विभिन्न नामबाट करीब दुई दर्जन सौन्दर्य प्रतियोगिता आयोजना हुँदै आएको छ । केही प्रतियोगिताले युवतीमा भएका प्रतिभालाई साँच्चै नै प्रस्फुटन गरेका छन् भने केही भने नामको मात्र हुने गर्छन्, जसले निरन्तरता पाउन सकिरहेको छैन ।केहीले प्रतियोगिता सम्पन्न गरिसकेपछि विजेतालाई पुरस्कार नै नदिने घटना पटकपटक सञ्चारमाध्ममबाट सार्वजनिक भइरहेका हुन्छन् । तर यो सबै विवादबाट ‘मिस गण्डकी’ भने टाढै रहेर आपूmलाई अब्बल सौन्दर्य प्रतियोगिताका रूपमा सावित गर्दै आइरहेको छ । गण्डकी प्रदेशलाई नै समेट्ने गरी आयोजना हुँदै आएको यो प्रतियोगितालाई प्रदेशकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताका रूपमा लिइन्छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि यो प्रतियोगितालाई निरन्तरता दिनका लागि छठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को आज पोखरामा अडिसन सम्पन्न भएको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा कूल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुनेछन् । पहिलो र दोस्रो अडिसनबाट १८ जना छनोट भइसकेका छन् । छनोट भएकालाई प्रतियोगिताको प्रशिक्षणका लागि भदौ १२ गतेदेखि सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी गराइन ।
दोस्रो अडिसनको निर्णायकमा मिस ट्राभल थर्टीसिक्सका व्यवस्थापकीय निर्देशक, हेली एयर नेपालका निर्देशक तथा मोटिभेटर रिजन रिजाल, मिस गण्डकीका प्रमुख सल्लाहकार तथा डाफेँ होटल प्रालिका सञ्चालक विनोद भुजेल, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ, सेकेण्ड रनरअप प्रकृति श्रेष्ठ र एसटी क्रियशनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापालगायत रहेका थिए । करीब एक महीनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, सौन्दर्य तथा फेसनसम्बन्धी ज्ञान, आत्मनिर्भरता लगायतका विषयमा सिक्न पाउनेछन् ।
ग्राण्ड फिनालेमा आएएफसी फेशन कलेजका सिर्जनशील ड्रेस डिजाइनरद्वारा कलात्मक शैलीको पोशाकमा सजिने प्रतिस्पर्धीलाई मिस नेपाल वल्र्ड, २००५ सुगारिका केसी, मिस नेपाल इन्टरनेशनल, २०१७ नीति शाह, कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र क्षेत्रका चर्चित कलाकारलगायत पोखराका सम्बन्धित क्षेत्रमा दक्ष व्यक्तित्वबाट प्रशिक्षण दिइनेछ ।

प्रशिक्षणको अवधिमा प्रतिस्पर्धीलाई आत्मविश्वास अभिवृद्धि गराउने उद्देश्यले फोटोसुट, भिडियोसुट, अवलोकन भ्रमण, ट्राफिक सचेतनासम्बन्धी जानकारी, महिला सशक्तीकरण, सञ्चारमाध्यमको महत्वका विविध विषयमा प्रशिक्षण गराइने एसटी क्रियशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले बताए । रासस

वि.सं.२०७६ भदौ ९ सोमवार १३:२० मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...