back

हिरासतमा राखेका १५ व्यक्ति रिहा

वि.सं.२०७६ भदौ ९ सोमवार

42 

shares

९ भदौ, काबुल । अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन् ।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जामा राखेका ती १५ व्यक्ति रिहा भएका बिशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा सोमबार जानकारी दिइएको छ ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा गएको राती अफगान विशेषबलले तालिबान लडाकूविरुद्ध शुरु गरेको कारबाहीको क्रम आठ सैनिक र सात सर्वसाधारण रिहा भएका हुन् । यस कारबाहीको क्रममा तालिबान लडाकू समूहको विस्फोट पदार्थको भण्डार पनि ध्वस्त गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

लडाकूबाट मुक्त गराइएका ती व्यक्तिहरुलाई सेनाको शिवीरमा ल्याइएको र उनीहरुको चिकित्सकद्धारा शाररिक जाँच शुरु गरिएको जारी विज्ञप्तिमा जनाइएको छ । इमाम साहिब जिल्ला भरी नै तालिबान लडाकू समूहले बारम्बार सर्वसाधारण नागरिक र डियुटीमा नभएका अवस्थाका सेनालाई अपहरण गर्ने गरेका छन् । बिशेष सेनाको यस कारबाहीको बिषयमा तालिबान लडाकू समूहले भने केही टिप्पणी गरेका छैनन् ।

वि.सं.२०७६ भदौ ९ सोमवार १३:०४ मा प्रकाशित

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

गाजा पट्टी, प्यालेस्टाइनी अधिनस्थ क्षेत्र । हमासले कैदी रिहाइको माग...

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

जिनान । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको...

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

दुबई । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि...

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा...

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा...

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

न्यु योर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा...