
९ भाद्र, काठमाडौँ । अध्यक्ष पुष्प कमल दाहालको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय समीतीको संख्या बढाएको छ ।
यसअघी ४४१ जनाको केन्द्रीय समीती रहेकोमा आजको बैठकले ४ सदस्य थपेर ४४५ पु¥याएको हो ।
नेकपाको केन्द्रीय समीतीमा नयाँ शक्ति र विप्लव समुह बाट विद्रोह गरेर नेकपा प्रवेश गरेका नेताहरू मनोनयन गरीएको बताइएको छ ।
पार्टी श्रोतका अनुसार विप्लव समूहवाट विद्रोह गरेका पदम राइ र किरण राइ तथा नयाँ शक्तीका विद्रोही कल्पना धमला र देवेन्द्र पराजुलीलाई नेकपाको केन्द्रीय समीतीमा मनोनयन गरीएको हो ।
वि.सं.२०७६ भदौ ९ सोमवार १३:५७ मा प्रकाशित