back
CTIZAN AD

कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ

वि.सं.२०७६ भदौ ११ बुधवार

915 

shares

११ भदौ, गलेश्वर । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो ।
रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किए । कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उनको कुरा काट्न थाले । सरसापट र ऋणसमेत गाउँमा पाउन नसक्ने अवस्था भयो । कसैले पत्याउन छोडे तर गुरुङले हिम्मत हारेनन् ।
आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तिय संस्थाबाट रु ७० हजार ऋण लिए । भैँसी किनेर दूध बेच्न थाले । १० वर्ष अघि एउटा भैँसीपालेर दूध बेच्न थालेका गुरुङ अहिले कृषि र पशुपालनबाट मालामाल बने छ । सबै खर्च कटाएर उनको मासिक कमाइ रु दुई लाख ५० हजारभन्दा बढी छ ।
विसं २०६७ मा केञ्जल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा पशुपालन, कुखुरापालन र सुन्तलाखेती गरेका गुरुङ पछिल्लो दश वर्षमा जिल्लाकै अगुवा र कृषिबाट बढी आम्दानी गर्ने कृषकका रुपमा पहिचान कमाउन सफल भए । गुरुङको गोठमा अहिले नौवटा दुहुना भैँसी र चार वटा गाई छन् । उनले दैनिक ६० लिटर दूध बिक्री गर्दै आएको बताए । “दैनिक ६० लिटर दूध बिक्री गरेर मासिक रु एक लाख ४४ हजार कमाइ हुन्छु”, गुरुङले भने । बेनीमा प्रतिलिटिर रु ८० मा दूध बिक्री हुन्छ ।
त्यसैगरी गुरुङले भैँसीको अलवा आधुनिक तरिकाले कुखुरापालनसमेत गरेका छन् । अहिले कुखुराको फार्ममा ३० हजार कुखुरा छन् । गुरुङले भने “कुखुराबाट मासिक रु तीन लाखभन्दा बढी कमाइ हुन्छ ।”, कुखुराको दानालगायत अन्य पारिश्रमिक खर्च कटाउँदा मासिक रु एक लाखभन्दा बढी वचत हुने उनले जानकारी दिए।
त्यसैगरी गुरुङले घरवरिपरिको जग्गामा झपक्कै सुन्ताला लगाएका छन् । गुरुङको बारिमा रहेका ५०० बढी सुन्तालाका बोटमध्ये ४०० ले फल दिन्छन भने १०० बिरुवा दुई वर्ष अघि लगाएका हुन । सुन्तला बेचेर सिजनमा रु सात लाख कमाउने गरेका गुरुङले बताए ।
गुरुङका अनुसार वार्षिक रु ४५ लाख कमाइ हुने गरे पनि खर्च कटाउँदा रु ३० लाख बचत हुने गरेको छ उनले कृषिबाट आम्दानी मात्र गरेका छैनन, छोराछोरीलाई इञ्जिनीयरिङसमेत पढाका छन्् । “एउटा छोरालाई बायो मेडिकल इञ्जिनीयरिङ पढाएको छु”, उनले भने, “एउटा छोरीलाई अष्ट्रेलिया पठाएँ, बाँकीले काठमाडौँमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” मैले अब छोराछोरीको विवाह गरिदिए भने बाबाआमाको कर्तव्यबाट मुक्त हुन्छु
“रु ७० हजारको लगानीबाट मैले आज यति कमाउन सक्ने भएको छु, यसमा परिवारको ठूलो सहयोग रहेको छ”, गुरुङले भने । अर्काको देशमा बसेर दुःख गर्नुभन्दा आफ्नै देशमा केही गर्छु भनेर आएँ, सन्तुष्ट छु उनले भने । कृषि पेशाबाट आफू उत्साहित रहेको बताउने गुरुङले आगामी दिनमा अझै फार्मलाई व्यवस्थित गर्दै लैजाने योजना रहेको बताए
स्थानीय दूध र दहीको बजार माग धेरै भए पनि आफूले भने जति उत्पादन गर्न नसकेको उनको भनाइ छ । नेपालका अधिकांश मानिसको जीविकोपार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहँदै आएको छ तरपनि आम्दानी गर्न नसकेको बेलामा गुरुङले मासिक रु दुईलाख ५० हजारभन्दा बढी कमाइ गरिरहेका छन् । स्वास्थ्यको हिसाबले पनि स्थानीय रैथाने गाई भैँसीको दूध राम्रो मानिन्छ ।
अहिले गुरुङ म्याग्दीका कृषकको बीचमा उदाहरणीय बने छ । भँैसी, कुखुरा र सुन्ताला खेतीबाट गुरुङको जीवनले नयाँ पहिचान पाएको छ । उनि उद्यमी कृषकका रुपमा जिल्लामा चिनिन्छन् । (रासस)

वि.सं.२०७६ भदौ ११ बुधवार १३:३१ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...