back

ट्रम्पद्धारा आफ्ना आलोचकसहित केही महिलालाई नियुक्तिका लागि चयन

वि.सं.२०७३ मंसिर ९ बिहीवार

420 

shares
GLOBAL IME AD
NTC AD

९ मङ्सिर,पाल्मविच (अमेरिका)। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गर्नु भएको छ ।

साउथ क्यारोलीनाकी ४४ बर्षीय गभर्नर निक्की हेलीलाई उहाँले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गर्नु भएको छ ।
उहाँले ट्रम्पको प्रस्ताव अनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय पनि गर्नु भएको छ ।
भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गर्नु भएको थियो ।
त्यसैगरी वेट्सी डेभोसलाई शिक्षा मन्त्रीको रुपमा उहाँले रोज्नु भएको छ । डेभोस स्थानीय सरकारी विद्यालयको अध्यक्ष हुनुहुन्थ्यो ।
डेभोसले निर्वाचन अभियानका बेला ट्रम्पले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताउदै ट्रम्पको खरो आलोचना गर्नु भएको थियो ।
दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ । रासस÷ सिन्ह्वा

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०९:३३ मा प्रकाशित

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

बन्दुकधारीद्वारा मध्य मेक्सिकोमा ७ जनाको हत्या

बन्दुकधारीद्वारा मध्य मेक्सिकोमा ७ जनाको हत्या

सेलाया (मेक्सिको) । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित...

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)...

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

देइर अल-बालाह (गाजा पट्टी) । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म...

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर...