Logo
१३ आश्विन २०७९, बिहीबार
     Thu Sep 29 2022
E-paper
  English Edition
   Unicode
Logo

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीस जनाको मृत्यु



९ मङ्सिर,नानच्याङ (चीन) । चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जनाको मृत्यु भएको जनाएपनि भत्किएको टावरको भग्नावशेषमुनि अझै केही मजदुर पुरिएको अनुमानमा उद्धारलाई जारी राखिएको छ ।

बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा पाँच जना मजदुर घाइते भएका बताइएको छ । उनीहरूको स्थानीय एक अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस÷सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि असोज २८ गते आईपिओ निष्काशन गर्ने भएको

भरतपुर । निजी कम्पनीको भन्दा सस्तो र राम्रो भएकाले फाइबर इन्टरनेट प्रति ग्राहकको आकार्षण

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंकले बीमा बापतको रकम