१९ भदौ, काठमाण्डौं । बैदेशिक रोजगार विभागले पछिल्लोपटक विभिन्न अनलाईन तथा पत्रपत्रिकामा प्रकाशित विज्ञापनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले बैदेशिक रोजगार ऐन २०६४ मा व्यवस्था भए अनुसार इजाजतपत्र नलिइ कसैले पनि बैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने र बैदेशिक रोजगारीमा कामदार पठाउन विभागबाट पूर्वस्वीकृति लिई तोकिए बमोजिको विवरण खुल्ने गरी कामदार छानौट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तिमा सात दिनको म्याद दिई पिवज्ञापन प्रकाशन गर्नु पर्ने उक्त कानुनी व्यवस्थालाई लत्याउँदै जथाभावि बिज्ञापन प्रकाशन भएको जनाएको छ ।
‘हालैका दिनहरुमा देशभित्र प्रकाशित हुने पत्रपत्रिका तथा अनलाइन पोर्टलमार्फत् यस विभागबाट इजाजत प्राप्त नगरेका संस्था÷ व्यक्तिहरुले समेत बैदेशिक रोजगारमा जान मानिसहरुलाई लक्षित गरी विज्ञापन प्रकाशन गरेको र सोही कारणबाट सर्वसाधारण नेपालीहरु ठगिनबाट जोगाउन र बैदेशिक रोजगारको सम्बन्धमा विद्यमान कानूनी व्यवस्थाको परिपालना गर्नका लागि प्रकाशन\प्रसारण संस्थाहरुले बैदेशिक रोजगार सम्बधीत विज्ञापनको सम्बन्धमा यस विभागबाट पूर्वस्वीकृति प्राप्त गरे÷नगरेको यकिन गरेर मात्र विज्ञापन प्रकाशन÷प्रसारण गर्ने गराउने व्यवस्था हुन सबै प्रकाशन÷प्रसारण संस्थाहरुमा अनुरोध गरिन्छ ।’ विभागद्धारा बुधबार जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १२:०९ मा प्रकाशित






























