
१९ भदौ, काठमाडौँ । ५ वर्षिया बाल गायिका विशेषता पराजुलीको आवाजमा रहेको “रातो टिका जमरा” भिडियो सार्वजनिक भएको छ ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा ५ वर्षिया बाल गायिका विशेषता पराजुली गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैँ गीत “रातो टिका जमरा” गीतको भिडियो बजारमा आएको हो ।
परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्य विचको भोगाई लाई गीतमा समेटिएको छ । दशैँ जस्तो महान पर्वमा आपसमा खुशी साटासाट गर्नको लागी आफनोे जन्मभुमी मा आउनको लागी गायक निकै आतुर रहेका छन् । छोरीले आफनो हृदयको प्यारो बावु लाई भेटन पाउदा आफु खुशी हुनेमा आशावादी रहेकी छिन् ।
छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतमा रहेको छ । रविन बजगाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन रहेको छ । “रातो टिका जमरा” गीतको भिडियोमा विशेषता पराजुली , माधव पराजुली र साइमन थापाको अभिनय रहेको छ ।
वि.सं.२०७६ भदौ १९ बिहीवार १३:३२ मा प्रकाशित