back
CTIZAN AD

रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण

वि.सं.२०७६ भदौ २० शुक्रवार

882 

shares


२० भाद्र, रुपन्देही । रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेङ्गुुको सङ्क्रमण देखिएको हो । पछिल्लो दुईदिनमा डेङ्गुुका बिरामीको सङ्ख्या बढेको प्रमुख गिरीले बताए।
जसमध्ये ४२ जना उपचारपछि घर फर्किएका छन् । यो वर्ष भदौ महीनादेखि डेङ्गुुको सङ्क्रमण फैलिएको हो । विगतका वर्षहरुको तुलनामा सङ्क्रमण नफैलिए पनि लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मङ्सिरसम्मको अवधिमा डेङ्गुुको सङ्क्रमण फैलिन सक्ने प्रमुख गिरीको भनाइ छ ।
स्थानीय तहहरुले वडास्तरबाटै सचेतामूलक कार्यक्रम सञ्चालन गरी डेङ्गुुको सङ्क्रमण घटाउनुपर्ने उनको भनाइ छ । डेङ्गुुको सङ्क्रमण नियन्त्रण नभए जनस्वास्थ्य कार्यालयमा डेङ्गुु परीक्षण कीट अभाव हुने जनस्वास्थ्य प्रमुख गिरीले बताए।” हामीसँग १०० वटामात्रै कीट छ । जिल्लाका दुई सरकारी अस्पताल भैरहवा भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा कीट उपलब्ध गराएका छौँ, बिरामी बढ्दै गए कीट अभाव हुनसक्छ ।” उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालका शाखा अधिकृत विपीन क्षेत्रीले अस्पतालमा बिरामीको भीड रहे पनि डेङ्गुुका बिरामीलाई प्राथमिकता दिएर उपचार गरिरहेको बताए । प्रदेशका अधिकांश जिल्लामा डेङ्गुुको सङ्क्रमण फैलिए पनि रुपन्देहीमा बढी देखिएको छ तर यसको नियन्त्रणका लागि खासै पहल भएको छैन । रुपन्देहीमा २०६७÷०६८ मा पहिलोपटक डेङ्गुुको बिरामी फेला परेका थिए र सोही वर्ष चार जनाको मृत्यु भएको थियो । त्यसयता ०७३/०७४ मा दुई जना र ०७४/७५ मा दुई जना गरी चार जनाको मृत्यु भएको थियो । यो आठ वर्षको अवधिमा रुपन्देहीमा करीब एक हजार ५०० मा डेङ्गुुको सङ्क्रमण देखिएको जनस्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १२:२८ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...