back
CTIZAN AD

वस्तुगत प्रश्नको तयारी : अध्यापन अनुमतिपत्र (शिक्षक लाईसेन्स) महत्वपूर्ण सामग्री

वि.सं.२०७६ भदौ २२ आइतवार

1.9K 

shares

२२ भदौ, काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति प्रकाशन गरेको छ । आयोगले असोज ९ गते प्राथमिक तह , १० गते माध्यामिक र ११ गते निम्न माध्यामिक तहको परीक्षा तोकेको छ । परीक्षा समय बिहान ८ बजे सुरु हुने बताइएको छ । परीक्षार्थीले प्रवेशपत्र अनलाइन मार्फत नै उपलब्ध गराउने छ , त्यसका लागि भदौ २७ गतेपछि उपलब्ध गराउने पनि आयोगले जनाएको छ ।

साथै आयोगले लाईसेन्स परीक्षामा वस्तुगततर्फ वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक गलत उत्तरको २० प्रतिशत अङ्क कट्टा गरिने पनि आयोगको सूचनामा भनिएको छ । त्यसैले पनि आयोगको अध्यापन अनुमतिपत्रको परीक्षा जटिल बन्दैगएको हो ।

यसैलाई मध्यनजर गर्दै हामीले शिक्षक लाईसेन्स अन्तर्गत रहेर यी महत्वपूर्ण जानकारीहरु लिएर आउने गरेका छौं । आयोगले यसैपालादेखि पहिलो पत्र (पहिलो खण्ड) अन्तर्गत ‘ विषयवस्तुको ज्ञान’ बाट वस्तुगत प्रश्न अन्तर्गत ४० अङ्कभार कायम पनि गरेको छ । यसले गर्दा पनि परिक्षार्थीले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।


अब लागौं वस्तुगत प्रश्नको तयारी सम्बन्धी जानकारीतर्फ :

१. सर्वप्रथम त परीक्षार्थीले आफूले दिने विषयको पाठ्यक्रम ,विषयवस्तु को राम्ररी अध्ययन गर्नुपर्दछ । पाठ्यक्रममा निर्धारण गरिएका एकाइहरु के के छन् त्यसको राम्ररी अध्ययन गर्नुपर्छ ।

२. पाठ्यक्रमले निधार्रण गरिएका विषयवस्तु, एकाइबारे ज्ञान भइसकेपछि कुन कुन एकाइबाट कति अङ्कभारको प्रश्न आउनेछन् त्यसको बारेमा जानकारी लिन सकिन्छ ।

३. वस्तुगत प्रश्नको क्षेत्र, एकाइ र विषयवस्तुको जानकारी लिइसकेपछि अब तपाईले कुन एकाइबाट कति ओटा प्रश्न सोधिनेछन् त्यसैअनुरुप अध्ययनको लागि समय निर्धारण गर्नसक्नुहनेछ । धेरै अङ्कभार भएको एकाइलाई धेरै समय दिने र कम अङ्कभारका लागि कम समय निर्धारण गरी अध्ययन गर्ने गर्ने समयतालिका बनाउन सकिन्छ ।

४. त्यसपछि वस्तुगत प्रश्न सोधिने एकाइका बाट पाठ्यक्रमले निर्धारण गरेअनुसार नमुना प्रश्न आफैंले निर्माण गर्ने र ४ वटा बिकल्प पनि आफैंले उत्तरको लागि बनाउने यसरी दैनिक रुपमा एक सेट नमुना प्रश्नोत्तर बनाई अभ्यास गर्दा तयारी प्रभावकारी हुन जान्छ । यसको लागि नियमित अभ्यासको आवश्यकता हुन्छ ।

४. जति अध्ययन गर्नुभएको छ त्यसलाई कन्फ्युज नहुने गरी तयारी गर्ने, गहिरिएर अध्ययन गर्ने बानी बसाल्नुस् । घोकेर भन्दा पनि बुझेर अध्ययन गर्नुस् साथै सम्झन नसकेका प्रश्नको उत्तर बारम्बार अभ्यास गर्ने जसले गर्दा सम्झन सहयोग पुराउँछ ।

५. प्रश्नपत्र पाएपछि सवैभन्दा पहिला प्रश्नको निर्देशन पढ्नुपर्छ प्रश्नपत्रमा दिएको निर्देशन अनुसार गोलो लगाउने÷ ठीक लगाउने के भनिएको छ त्यहीअनुसार लगाउनुपर्छ अहिलेको परीक्षमा आयोगले गोलो लगाउने भनी दिर्देशन दिइसकेको छ त्यसैअनुरुप बाहिर नलतपतिने गरी गोलो लगाउने ।

६. परीक्षामा तपाईले परीक्षा दिँदा सबैभन्दा पहिला तपाई कनफिडेन्स् भएको प्रश्न हल गर्नुस् त्यसपछि दोधार भएका प्रश्नहरु राम्रोसँग एक ,दुईचोटी पढेर बुझेर मात्र गोलो लगाउनुपर्छ ।

७. राम्रोसँग प्रश्न पढेरमात्र गोलो लगाउने एकपल्ट एक ठाउँमा गोलो लगाईसकेपछि केरेर अर्काेमा लगाउँदा त्यसको नम्बर स्वतः काटिनेछ । केरमेर गरी लगाएको गोलोलाई पनि मान्यता दिइदैन । यी प्रक्रिया अपनाएमात्र पनि परीक्षामा सहज हुनेछ ।

नेपाली विषयको वस्तुगत प्रश्न आउने एकाइहरु यसप्रकार छन् ।

एकाइ एक: विधाको परिचय –यस एकाइबाट ८ वटा बहुबैकल्पिक प्रश्न सोधिने छ । )
एकाइ दुई :भाषाको परिचय – यस एकाइबाट ६ वटा बहुबैकल्पिक प्रश्न सोधिने छ ।
एकाइ तीन : साहित्य परिचय : यस एकाइबाट चार वटा बहुबैकल्पिक प्रश्न सोधिने छ ।
एकाइ चार : व्याकरण परिचय : यस एकाइबाट १२ वटा बहुबैकल्पिक प्रश्न सोधिनेछ ।
एकाइ पाँच बोध, अभिव्यक्ति र व्यवावहारिक तथा सिर्जनात्मक लेखन :यस एकाइबाट १० वटा प्रश्न सोधिने छ ।


यसैगरी आ – आफ्नो विषय अनुसार यसरी क्षेत्र विभाजन गरेर अध्ययन गर्नु सान्दर्भिक हुन्छ ।

वि.सं.२०७६ भदौ २२ आइतवार १०:४० मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...