back
CTIZAN AD

मुलुक नेता र कर्मचारी, राजनीति र कर्मचारीतन्त्रबीचको भीषण द्वन्द्वको चपेटामा

वि.सं.२०७६ भदौ २२ आइतवार

771 

shares

नेपालका समस्या कति छन् कति ! तर अहिले यो मुलुक हाईब्लड प्रेसर र हाई सुगरको रोगले रन्थनिदै गएको छ । त्यो हो- कर्मचारी र नेताहरूबिच घमासान द्वन्द्व ।

यो रोगमा फँसेपछि डाक्टरहरू उपचार वा निदान गर्न निरीह हुन पुग्छन् । जनता बिचरा बाच्छा साढहरूको जुधाईको मिचाईमा पर्छन् । यस्तोमा हार राजनीति र नेताहरूकै हुन्छ, चेतना जागोस् !

जति सहज, सरल, सुनिश्चित, न्यायपूर्ण निजामती प्रणालीको स्थापना गर्न सकिन्छ, त्यति त्यो अनुशासित र कर्तब्य परायण हुन थाल्छ । जति निजामति प्रणालीभित्र निष्पक्षता, न्यायको बोध हुन्छ त्यति त्यो स्वस्थ हुन्छ । नेपालका नेताहरूलाई कर्मचारीतन्त्र बारेमा बुटिबांङ केही थाहा हुदैन तर उपबुज्रुक बनेर यसलाई केके न नयाँ गरें भन्ठान्दै गिजोल्न मात्र खोजिरहेका छन् । अन्तत ः गिजोलिएको कर्मचारीतन्त्रमा राजनीतिक ब्यवस्था र नेताहरूको नै बिजोग हुने हो। कर्मचारीहरू नेता हैनन्, तीनले जनतासंग भोट मागेर यो गर्छु, उ गर्छु भनेर आएका हैनन्, बुद्धि र परिश्रम दिएर पारिश्रमिक लिने हुन् । तिनबाट लिने कति स्मार्ट छ त्यसको फल त्यसमा भरपर्छ । कानुनको छडिले काम गर्ने भएको भए विश्वमा सबैभन्दा धेरै नौ सिंग भएको कानुन बनाउने देश मध्येको नेपाल पनि हुदै हो ।

कर्मचारीतन्त्रलाई नेताहरू आफैले विगत ३ दशकसम्म अत्यधिक राजनीतिकरण गरेर गिजोल्दा गिजोल्दा पतीत र निकम्मा बनाईसकेका हुन ्। यसरी ध्वस्त पारेर अब त्यो संस्थाबाट नेताहरूले काम लिन नसक्दा र नटेर्दा, भएको स्थीर इकोसिस्टम भत्काएर असक्त भएपछि अहिले नानाथरिका सड्केका मगजका उपज, चाहिने नचाहिने विकल्पहरू राखेर बिजातीय नयाँ निजामति सेवा ऐन बनाउनमा घूँडा धसेर लागेको देखिन्छन् बबुरा सांसदहरू । तर, म ठोकुवा गर्छु, जुन कथित नया‘ बिकल्पतिर ती लागेका छन् त्यसले मुलुकको प्रशासनिक ब्यवस्था र वातावरण आर्यघाटमा पुर्याई छाड्न, अब १ दशक पनि लाग्ने छैन कुरौं । केही थोरै सहज, सरल, सजिलो, पारदर्शी, निष्पक्ष कर्मचारीतन्त्र हँुदा हुदै मनपरिको कथित नयाँ ब्यवस्थातिर सोच्नु आत्महत्या गरे सरह हुनेछ । कर्मचारीतन्त्र गिजोल्नु राजनीतिक ब्यवस्थाको हर्टअट्याक हुनु जस्तो हो ।

निजामति सेवा प्रभावकारी कसरी बनाउने ? कसरी ब्यावसायिक र राजनीतिमुक्त बनाउने ? कसरी सक्षम र विश्वस्तरीय बनाउने ? के गर्दा यो सेवा बिज्ञानअनुकूल प्रविधिले लैस हुन्छ ? के गरी जनजवाफदेही गराउने ? के गरी नेताहरूको दासत्वबाट यसलाई मुक्त गराउने ? के गरी सम्मानजनक बनाउने ? के गरी आत्मबिश्वासले भरिपूर्ण बनाउने ? के कस्तो सुबिधा दिएर उत्प्रेरित गराउने ? के कस्तो सुबिधा र अधिकार दिने ? के कसरी न्यायपूर्ण परिचालन र वृत्तिविकास सुनिश्चित गर्ने ? कसरी सेवामा टेलेन्ट आकर्षित गरेर टिकाउने गरी परिचालन गर्ने ? नेताहरूलाई यस्ता कुरामा बाल मतलब छैन, न तिनका पढाई स्स्कर अनुभव र शिक्षादीक्षाले बसको कुरा हो ।

भएको कर्मचारी प्रणालीलाई कसरी लथालिङ्ग र निरूत्साहित पार्ने ? कसरी यसको मानमर्दन गर्ने ? कसरी हेप्ने र दास बनाउने ? तिनका सुबिधा वा हिजोका अवसर सुबिधा कसरी अपहरण गर्ने ? कसरी सक्षम जनशक्तिलाई नेपालबाट खेद्ने ? कसरी बिभिन्न बहानामा कर्मचारीतन्त्रमा राजनीतिक चम्चाहरू हुल्ने ? यस्तै मगजमा खेलाइरहने मतिभ्रष्ट नेताहरूको युग बन्यो अहिलेको नेपाल । नेपालको ईतिहासमा अहिले जस्तो कबाडी नेताहरूको युग मैले आजसम्म कहिले अनुभव गरिन । मुलुकलाई धुजाधुजा नपारेसम्म यिनको अन्तिम सास नजाला जस्तो देखिदै छ।

अब सचिव, डिजी, सहसचिव , प्रोजेक्ट म्यानेजर जस्ता पदहरूमा पनि सीधै राजनीतिक कार्यकर्तालाई दलले नियु्क्ति दिने र प्रशासन चलाउने गरे हुन्छ, ताकि बेकारमा कर्मचारीले दोष खेप्न नपरोस् । त्यसै पनि राजनीतिक कार्यकर्ताहरू हुलेर सबै राज्य यन्त्रलाई क्षतबिक्षत पारिसकेकै छन् । बिकृतिमा महारथ हासिल भैसकेको वर्तमानस्थितिमा जाबो १०५ मात्र सीट रहने खुला उपसचिव र सहसचिव पदमा बहालवाला कर्मचारीलाई भाग लिनबाट बन्चित मात्र हैन कि त्यस्तो हेप्ने खालको वाक्य राखेर इतिहासमै अहिलेको राजनीति कलंकित हुन खोज्ने नेताहरूको कुनियतमाथि के को बेकारमा बहस गर्नु ।

पूरा मुलुकमा भयानक अनियन्त्रित मूर्खताको पहिरो गईरहेको छ, जाबो खुलाबाट छड्के प्रवेशमा बहालवाला निजामति कर्मचारीलाई रोक लगाउने बकमफुसे नियतधारीहरूको विषयमा के को गनगन गर्नु त नि! बेकार समयको नाश !

मर्नैपरे खुट्टा तानेरै मर्नु भन्ने बूढापाकाको कथन छ ! माईल्ड हर्टअट्याक सुरू भएकै छ, आईसियूको पर्खाईमा सिभेयर अट्याक छ ।

उपाध्याय, नेपाली सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ भदौ २२ आइतवार ११:२१ मा प्रकाशित

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...