तपाई अमेरिकाको कुनै पनि राज्य वा कुनै पनि स्थानमा गाडि चलाउदै हुनुहुन्छ भने कथमकदाचित तपाईले अर्को गाडीलाई ठोक्नु भयो वा तपाईलाई कुनै अर्को गाडीले ठोकिदियो भने कुनै पनि हालतमा गाडी यताउता नसार्नु होला प्रहरीको आगमन नभएसम्म । तर, गाडी चल्न सक्ने अबस्था छ र हान्ने र हानिने दुबै गाडीका ड्राइभर एबम प्यासेन्जर मध्ये कसैलाई पनि चोटपटक वा हर्ट नभएको अबस्थामा दाया साइडमा गाडी लगि पार्क गर्न सकिन्छ तर गाडी चल्न नसक्ने वा गाडीको प्यासेन्जर कसैलाई हर्ट भएको अबस्थामा गाडी जहाँ दुर्घटना भएको हो त्यहि बस्नुहोस र अर्काे गाडी कुन अबस्थामा छ र दुर्घटना कस्तो भएको हो वा कसैलाई दुर्घटनाबाट चोटपटक लागेको भए वा नभएको हेरि दुबै ड्राइभरको सल्लाहमा प्रहरी बोलाउनुहोस् ।
केहि दिन अघि मात्रै यो लेख लेख्ने बाचा गरेको थिएँ । व्यवसायिक ब्यस्तता कै बाबजुद् पनि आज लेखेको छु । मौका मिले पढ्नुहोला, लाभ तपार्ईहरुलार्ई नै हो ।
‘हिट एन्ड रन’ लार्र्ई ठुलै अपराध मानिन्छ अमेरिकामा । तपाई अमेरिकाको कुनै पनि राज्य वा कुनै पनि स्थानमा गाडि चलाउदै हुनुहुन्छ भने कथमकदाचित तपाईले अर्को गाडीलाई ठोक्नु भयो वा तपाईलाई कुनै अर्को गाडीले ठोकिदियो भने कुनै पनि हालतमा गाडी यताउता नसार्नु होला प्रहरीको आगमन नभएसम्म । तर, गाडी चल्न सक्ने अबस्था छ र हान्ने र हानिने दुबै गाडीका ड्राइभर एबम प्यासेन्जर मध्ये कसैलाई पनि चोटपटक वा हर्ट नभएको अबस्थामा दाया साइडमा गाडी लगि पार्क गर्न सकिन्छ तर गाडी चल्न नसक्ने वा गाडीको प्यासेन्जर कसैलाई हर्ट भएको अबस्थामा गाडी जहाँ दुर्घटना भएको हो त्यहि बस्नुहोस र अर्काे गाडी कुन अबस्थामा छ र दुर्घटना कस्तो भएको हो वा कसैलाई दुर्घटनाबाट चोटपटक लागेको भए वा नभएको हेरि दुबै ड्राइभरको सल्लाहमा प्रहरी बोलाउनुहोस् ।
कसैको गाडी हानि यताउति हेरि लपत्ता हुने काम, भाग्ने काम र बत्तिने काम हिट एन्ड रन कदापि नगर्नु होला । यो ठुलो अपराध हो । हिट एन्ड रन गरि तपाई समातिनु भएको खण्डमा तपाई घटनाको स्थिति हेरि मिसेडेनियर देखि फेलोनिसम्म सजायमा पर्नु हुनेछ । जसबाट तपाई जेल जानु पर्ने, तपाईलाई ठुलै जरिवाना हुनसक्ने, तपाईको इन्सुरेन्सले क्यान्सिल गर्न सक्ने, तपाईको ड्राइभर लाईसेन्स खारेज हुन सक्नेछ । यो ठूलो सजाय हो । नो हिट एन्ड रन प्लिज । जहाँ जे जस्तो अबस्थामा गाडी ठोक्किएको हो र हानिएको हो त्यहि बसेर प्रहरीसङ्ग कुराकानी र छिनोफानो नभै कुनै पनि हालतमा दुर्घटना स्थलबाट नहिड्ने ।
तर, तपाईलाई गाडी चलाउदा चलाउदै कुनै गाडीले ठोकेर हिड्यो र भागेमा के गर्ने त ? यो कठिन परिस्थिति हो र यो सबैभन्दा फ्रस्ट्रेसन पनि। सर्बप्रथम गाडि कसैले हिर्काएर भागेमा तपाईको आखा र दिमाग चनाखो बनाउनुहोस । सकेसम्म उक्त गाडीको प्लेट नम्बर, गादीको मोडल, गाडीको प्रकार, गाडीको रङ्ग र गाडी कुन कम्पनिले बनाएको हो त्यो टिप्नुहोस् । क्यामेरा सेलफोनले खिच्नुहोस् । त्यसपछि गाडी साइड लगाउनुहोस र प्रहरी बोलाउनुहोस र रिपोर्ट गर्नुहोस् । बाकि काम प्रहरीले गर्नेछ । तर, तपाईले गाडीको हुलिया र नम्बर टिप्न भ्याउनु भएन, पिक्चर खिच्न भ्याउनु भएन, गाडिको मोडल टिप्न भ्याउनु भएन भने के गर्ने ? गाडि जहाको त्यहि रोक्ने वा तुरुन्तै साइड लगाएर विटनेस साक्षीको सहयोग लिनुहोस, यदि अर्काे ड्राइभरले देखेको छ र उसले नम्बर वा हुलिया टिपेको छ भने । अगाडी वा पछाडीको गाडीले यस्तो अबस्थामा ठुलो सहयोग गर्नेछ अमेरिकामा । उस्तै परे अर्को थर्ड गाडिले चेस गरि पत्ता लगाइदिन सक्दछ । ति विटनेसवालाको सम्पर्क नम्बर टिप्नुहोस यदि प्रहरी वा अदालतलाई आबश्यकता पर्न सक्दछ ।
अब विटनेस पनि भएन, तपाई एकलासमा हुनुहुन्छ र अर्काे गाडीले हिट एन्ड रन गरि भागेर गयो भने गाडीको कसमसेकम कुनै एक वा सो भन्दा बढि हुलिया टिपि प्रहरी बोलाउनुहोस तर घटनाको ठाउ पटक्कै नछोड्नुहोस । प्रहरीलाई रिपोर्ट गर्ने र तुरुन्तै तपाईको आफ्नो इन्सुरेन्सलाई पनि रिपोर्ट गरि जानकारी गराउनुहोस् । प्रहरीको रिपोर्ट पाउनासाथ इन्सुरेन्स कम्पनिलाई पठाउनुहोस् । यसबाट तपाईको इन्सुरेन्स लाईटबिलिटि मात्र छ भने पनि तपाईको गाडीको मर्मत र क्षति ब्यहोरिदिन सक्दछ ।
तर, तपाई सपिङ्ग वा ग्रोसरि किन्न जानु भयो, काममा जानु भयो तपाईले पार्क गरिरहेको गाडी काम वा सपिङ्ग वा पार्टीबाट फर्केर आउँदा गाडिको सबैभाग हेर्नुहोला सधै । यदि कसैले तपाईको गाडी हानेर वा क्षति बनाएर हिडेको छ भने तुरुन्त प्रहरी बोलाएर रिपोर्ट लेखाउनुहोस र तुरुन्तै आफ्नो इन्सुरेन्स कम्पनिलाई ‘हिट एन्ड रन’ र तपाईको गाडीको क्षतिको जानकारी दिनुहोस् । केहि दिनमा प्रहरीको रिपोर्ट पाएपछि इन्सुरेन्स कम्पनिलाई पठाइदिनुहोस् । उनिहरुले टेककेयर गर्नेछ। कहिलेकाहि इन्सुरेन्स कम्पनि आफैले जुन प्रहरी शाखा वा डिपार्टमेन्ट हो त्यहि बाटै आफै रिपोर्ट मगाउन सक्दछ् ।
कुनै कुनै समयमा हिट एन्ड रन गर्ने गाडी वा ड्राइभर फेला नपर्न सक्दछ यस्तो अबस्थामा इन्सुरेन्स कम्पनिले नै गाडिको मर्मत गरिदिनेछ तर, तपाईको इन्सुरेन्सले ब्यहोर्न मानेन वा तपाईको गाडीको क्षति वा मेडीकल बिल तिर्न मानेन भने कहिलेकाहि सम्बन्धित क्षेत्रको वकिल लगाउनु पर्ने हुन्छ र इन्सुरेन्स कम्पनिलाई सूचित गर्न सकिनेछ। नो एस्क्युज फर हिट एन्ड रन।
वि.सं.२०७६ भदौ २२ आइतवार ११:५६ मा प्रकाशित
























