२२ भाद्र, काठमाडौँ । बालाजुमा रहेको प्रेसियस नेसनल एकेडेमीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
एकेडेमिमा कक्षा १२ र स्नातक दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा विद्यार्थी र प्राध्यापकहरूको राम्रो उपस्थीती रहेको प्राचार्य गोपीराज पराजुलीले बताए ।
कार्यक्रममा कक्षा १२ उर्तिण विद्यार्थीहरुलाइ सम्मान तथा स्नातक चौथो बर्ष र तेस्रो बर्ष उर्तिण विद्यार्थीहरूलाई बिदाइ गरीएको पराजुलिले बताए । रेडियोकर्मी तथा साहित्यकार नवराज लम्साल प्रमुख अतिथि रहेको कार्यक्रममा पत्रकार अशोक सिलवाल अतिथि रहेका थिए ।
वि.सं.२०७६ भदौ २२ आइतवार ११:४४ मा प्रकाशित






























