back
CTIZAN AD

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान

वि.सं.२०७६ भदौ २२ आइतवार

927 

shares

२२ भाद्र, काठमार्डौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान गरेको छ ।

एनआरएनएद्वारा गठित एनआरएनए अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठक समितिका संयोजक एवं प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार सो आव्हान गरिएको हो ।

साइबर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांङीद्वारा प्रस्तावित पुरस्कार सम्बन्धी सार्वजानिक सूचनालाई परिमार्जन सहित पारित गरेको हो ।
बैठकले उक्त पुरस्कार छनोटको लागि एक उच्चस्तरिय समिति गठन गर्ने समेत निर्णय गरेको छ । बैठकले उच्चस्तरिय छनोट समितिबाट छनोट भएका उम्मेदवारलाई संघको आगामी अक्टोबरमा १५ देखि १७ सम्म काठमाडौंमा हुने विश्व सम्मेलनमा नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

पुरस्कारका लागि निम्नलिखित आधारहरु तोकिएका छन् :
१) विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशनरसन्चार गृहमार्फत गैरआवासीय नेपालीका बारेमा नेपाली वा अङ्ग्रेजी भाषामा कम्तीमा पाँचवर्ष लगातार मुलधारको मिडियामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरु पुरस्कारका लागि योग्य हुनेछन् ।
२) विभिन्न सञ्चार माध्यममा गैरआवासीय नेपालीका बारेमा प्रकाशित लेख, रचना, समाचार आदि लगायत श्रव्य,दृश्य सामग्रीहरुको मूल्यांकन गरी सो पुरस्कार प्रदान गरिने छ ।
३) गैरआवासीय नेपालीका जनजीवन लगायत तिनका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख, रचना तथा समाचारहरुलाई पुरस्कार छनौटमा प्राथमिकता दिइने छ ।
४) तोकिएको अवधिभित्र इच्छुक पत्रकारहरुलाई तल उल्लिखित सम्पर्क ठेगानामा आफ्ना समाचार सामग्रीहरु पठाउन हुन अनुरोध गरिन्छ । यसैगरी, यदि कसैलाई कुनै पनि संचारकर्मीले गैरआवासीय नेपालीका बारेमा पत्रकारितामार्फत उल्लेख्य योगदान पुर्याुएको भन्ने लाग्छ भने त्यस्ता व्यक्तिको नाम पनि पुरस्कारका लागि सिफारिस गर्न सकिने छ ।
५) एनआरएनएको पदाधिकारी र एक पटक पुरस्कृत भैसकेको व्यक्ति पुरस्कारमा सहभागी हुन पाउने छैनन् ।
६) पुरस्कृत व्यक्तिको छनौटका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवक्ता, गैरआवासीय नेपाली संघ युके, नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युके शाखाको परार्मशमा एक समिति बनाइने छ ।
७) पुरस्कृत पत्रकारलाई एकल वा संयुक्त रुपमा जनही ५० हजार ५०० रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९’ प्रदान गरिने छ ।
८) तोकिएको मिति भित्र आफूले लेखेको, प्रशारण गरेको, श्रव्य–दृश्य, समाचार, लेख रचनाहरुका प्रकाशित, प्रसारित सामग्रीहरु ९बढीमा तीनवटा० र सिफारिसहरु निम्न इमेलमा पठाउनु पर्नेछ ।
९) सम्पर्क ठेगाना इमेल लचलबउचष्शभ२लचलब।यचन
१०) पुरस्कृत हुने व्यक्तिहरुको नाम धधध।लचलब।यचन मा प्रकाशित गरिने छ ।
११) आइपुग्नु पर्ने मिति— ३० सेप्टेम्बर, २०१९ ९ नेपाली समयअनुसार राति १२ बजेभित्र०
१२) पुरस्कृत पत्रकारलाई अक्टोबर महिनामा काठमाडौंमा हुन गैरहेको संघको विश्व सम्मेलनका अवसरमा पुरस्कार प्रदान गरिनेछ ।

नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ हरेक दुई वर्षमा प्रदान गरिदै आएको छ ।

वि.सं.२०७६ भदौ २२ आइतवार ११:२९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...