back
CTIZAN AD

राष्ट्रियता जोगाउन ठूलै आन्दोलनको जरुरी-नेता सिपी गजुरेल

वि.सं.२०७६ भदौ २२ आइतवार

972 

shares

२२ भदौ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका वरिष्ठ नेता चन्द्र प्रकाश गजुरेल (सिपी गजुरेल) ले नेपालको राष्ट्रियता सरक्षणका लागि ठूलै आन्दोलनको जरुरी भएको बताएका छन् ।

‘राष्ट्रियताको कसिमा माथिल्लो कर्णाली जलविद्युत् परियोजना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गजुरेलले शासकहरु पराधिन भएकोले राष्ट्रघात व्यहोर्नु परेको संस्मरण सुनाउँदै अपर कर्णालीमा राष्ट्रघात हुन नदिन राष्ट्रवादीहरुको बृहद मोर्चाबाट सडक आन्दोलनसँगै आवस्यक परे पुरानो (१० वर्षे भन्दा शक्तिसाली) लडाँई लड्न तयार रहनुपर्ने बताए । मुलुकको आत्मर्भिरता विद्युत्मा रहने विषय प्रष्ट पार्दैै आम नेपालीलाई सहि विषय संप्रेषण गर्न जरुरी भएको उनले बताए ।

पुष्पलाल अध्ययन समाज नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माले, राष्ट्रिय जागरण परिषद्, माथिल्लो कर्णाली बचाउ अभियान र जनसमाजवादी पार्टी नेपालको संयुक्त आयोजनामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा सभापति लोककृष्ण भट्टराईले जनतामा जागरुकता बढ्दै गएकाले शाषकहरु रुपान्तरित हुने विस्वास व्यक्त गरेका थिए भने राष्ट्रियताका अभियन्ता साध्य बहादुर भण्डारीले कुर्सीमा पुगेपछि राष्ट्रियता प्रति आँखा चिम्लने प्रवृत्तिलाई शसक्त आन्दोलनबाट जवाफ दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल, नेता घनश्याम भुसाल, नेकपा मालेका नेता डम्बर श्रेष्ठ, जनसमाजवादी पार्टीका अध्यक्ष सुवास काफु्ले, पूर्वमन्त्री दीपक ज्ञवाली, माथिल्लो कर्णाली वचाउ अभियानका भरत बहादुर शाही, संघीय सांसद राज बहादुर बुढा, जलश्रोत विज्ञ रत्नसंसार श्रेष्ठ, वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की लगायतका व्यक्तिहरु बोलेको उक्त कार्यक्रममा रतन भण्डारीद्धारा सो सम्बन्धी विषेश प्रस्तुति दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रचार गरिएका भलनाथ खनाल भने अन्तिम समयमा आउन नसक्ने जानकारी गराइएको थियो ।

वि.सं.२०७६ भदौ २२ आइतवार ११:५९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...