back
CTIZAN AD

युनिसेफ द्वारा नेपाली युवा अमात्यलाई ग्लोबल बोर्ड अफ जेनेरेसन अनलिमिटेडमा नियुक्त

वि.सं.२०७६ भदौ २२ आइतवार

909 

shares


२२ भाद्र, काठमाडौँ । युनिसेफले नेपाली मूलकी कन्चन अमात्यलाई ग्लोबल बोर्ड अफ जेनेरेसन अनलिमिटेडमा नियुक्त गरेको छ ।

नेपाली यूवा अमात्यलाई युनिसेफ कि कार्यकारी निर्देशक हेनरिटा एच फोरले बिश्व पिढी असीमित समिति सदस्यमा नियुक्त गरेकी हुन् ।

जेनेरेसन अनलिमिटेड ( पुस्ता असीमित ) एक अर्ब डलरको साझेदारी परियोजना हो जस्लाई युनिसेफले आयोजना गर्छ । सन् २०३० सम्म बिश्वका हरेक युवाले शिक्षा ,तालिम र रोजगारी पाउन भन्ने मुख्य उद्धेश्य रहेको छ ।

यो महत्वपूर्ण परियोजनाको आरम्भ गर्ने सह(सभापतिहरुमा राष्ट्र संघका महा सचिव एन्टोनियो गुटेरेस,रुवान्डाका राष्ट्रपति पुल कागमे तथा ट्रीनिडाड तथा टोबागोका राष्ट्रपति रहेका छन् ।
युवा व्यक्तिहरुको लागि शीपमूलक तथा रोजगारी दिने सम्बन्धमा बिश्व बैंक संग अर्व डलरको साझदारीको सुरुवात भै सकेको छ । अमात्यले आफ्नो नयाँ भूमिका भनेको आफू समितिसँग काम गर्ने योजना बनाएको बताइन् ।

अमात्य संगै बिश्व ब्यापीरुपमा अन्य महत्वपूर्ण व्यक्तित्वहरु बिश्व समिति सदस्यहरुमा नियुक्त भएका छन् । “शिक्षा र व्यावसायिक प्रशिक्षणलाई समाधान गर्नका लागि कार्यक्रम ल्याउन म यस साझेदारीसँग काम गर्न पाउँदा विशेष उत्साहित छु भन्दै विशेष गरी नेपालका युवा महिला र युवतीसंग आफ्नो कार्यसूची (एजेन्डा) अनुसार काम गर्ने अमात्यले बताइन् ।

आगामी सेप्टेम्बर २३ का दिन न्यू योर्कमा हुने संयुक्त राष्ट्र संघको साधारण सभाको ७४ औ सत्रमा बिश्व ब्यापी पिढी असीमितको समिति बैठकमा भाग लिने छिन ।

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टनद्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित भएकी थिइन् । साथै उनलाई २०१७ एभ्रीडे योङ्ग हिरो अवार्ड द्वारा पुरस्कृत गरिएको थियो भने उक्त पुरस्कार २५ बर्ष मुनिका १ सय जना मध्ये उनि परेकी थिइन् ।

वि.सं.२०७६ भदौ २२ आइतवार १२:३६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...