back
CTIZAN AD

अस्तव्यस्त नेविसंघ, फेरी तर्दथकै तयारी

वि.सं.२०७६ भदौ २२ आइतवार

1.1K 

shares


२२ भाद्र, काठमाडौँ । नेपाली काङ्ग्रेसका लागि कार्यकर्ता उत्पादनको मूख्य कारखाना मानिने नेपाल विद्यार्थी संघलाई माउ पार्टीले फेरि पनि तर्दथ तरीकाले चलाउने तयारी सुरु गरेको छ । गत भदौ अगाडीनै १२ औँ महाधीवेसन गर्नुपर्ने तत्कालीन सभापती नैन सिंह महरको असक्षमताले संघ फेरी लामै समय तर्दथ तरीकाले चल्ने पक्का भएको छ ।

तत्कालीन सभापती महर संघको ११ औँ महाधीवेसनवाट निर्वाचीत भएका थिए । महरले १२ औँ महाधीवेसन गर्न नसकेको भन्दै गत माघ २८ मा राजीनामा दिएका थिए । त्यस यताका ८ महिनामा पनि महाधीवेसन गर्न नसकेपछ माउं पार्टी नेपाली काङ्ग्रेसले संघलाई तर्दथ नेतृत्व मार्फत संञ्चालन गर्ने तयारी गरेको हो । स्थापनाको स्वर्ण महोत्सव मनाएको संघको इतिहासमा १८ जना नेता संघको सभापती वनिसकेका छन् । एघार वटा मात्र महाधीवेसन गरेको संघमा तोकीएको समयमा महाधीवेसन गर्ने सभापती भने विस्व प्रकाश शर्मा मात्रै रहेका छन् ।

नेपाली काङ्ग्रेसको विभाजन भन्दा ठिक अगाडी ०५७ मा सम्पन्न आठौँ महाधीवेसनबाट सभापती चुनिएका शर्माले ०५९ मा नवौं महाधीवेसन गराएर नेतृत्व हस्तान्तरण गरेका थिए । शर्माको उत्तरधीकार गुरुराज घीमीरेले थामेका थीए ।

संघको ५० वर्षे इतिहासमा ७ जना तर्दथ सभापती बनेका थीए भने ६ जनाको चयन निर्वाचन मार्फत भएको थियो । बाँकी ५ जना सभापती सर्वसम्मत तरीकाले चुनीएका थीए ।

पार्टीमै पूर्व सभापती र नेताको बोलवाला
हालको नेपाली काङ्ग्रेसका सभापती सेर बहादुर देउवा संघको दोस्रो सभापती हुन् । यस्तै उप सभापती बिमलेन्द्र निधी देउवा पछिका सभापती हुन् ।


पार्टीमा गैर संस्थापनका शसक्त नेता डा.रामसरण महत देउवाको कार्यकालका महामन्त्री हुन् । संघका सबै पूर्व सभापतीहरू एकपटक पार्टीका केन्द्रिय सदस्य समेत बनिसकेका छन् । यसबाहेक हाल पनि पूर्व सभापतीहरू बालकृष्ण खांड, एनपी सावद, धनराज गुरुङ्ग, विस्वप्रकाश शर्मा, गुरुराज घीमीरे, किशोर सिंह राठोर, प्रदिप पौडेल पार्टीको केन्द्रिय नेतृत्वमै छन् ।

यसैगरी पूर्व महामन्त्रीहरू डा.महत, डा.प्रकाश शरण महत, नविन्द्र राज जोशी, डा.चन्द्र भण्डारी र गगन थापा पनि पार्टी हाक्ने केन्द्रिय सदस्यनै हुन् । अर्थात सोलोडोलो हेर्दा अहिलेको काङ्गे्रस पूर्व नेवीसंघवाटै सञ्चालीत छ । यस्तो अवस्थामा पनि संघ भने महाधीवेसन समेत गर्न नसक्ने अवस्थामा रहेको छ ।

उमेरहद पनि चट
नेवीसंघको ११ औँ महाधीवेसनबाट निर्वाचीत नेतृत्वले विद्यार्थी नेतामा वुवाहरूको आधीपत्यलाई अन्त गर्ने तयारी गरेको थीयो । यसैको पहिलो प्रयास थीयो संघको नेतृत्वमा ३२ वर्ष उमेरको हदवन्दी । उमेरको यस हदवन्दीले काका र रदुवा उमेरका नेताहरूलाई अत्याएको थीयो । तर विडम्वना सभापती सेर वहादुर देउवा, वरीष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशाङ्क कोइरालाको मीलेमतोमा उमेरको हदवन्दी हटाएर फेरि वुवाहरूलाईनै नेतृत्व दिने तयारी सुरु भएको छ ।

वि.सं.२०७६ भदौ २२ आइतवार १५:१८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...