back
CTIZAN AD

समझदारी विपरित काम भएको भन्दै कोरियाका नेपाली संंस्थाहरु असन्तुष्ट

वि.सं.२०७६ भदौ २२ आइतवार

783 

shares

कोरियाली महान चाड छुसक र सालनाल पर्वका अवसरमा आयोजना गरिँदै आएको साँस्कृतिक कार्यक्रम मनाउने क्रममा केही नेपाली संघसंस्थाहरु समझदारी विपरित गएको भन्दै विभिन्न संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् ।

कोरियामा सक्रिय विभिन्न नेपाली संघसंस्थाहरुले सांस्कृतिक कार्यक्रम विगत १० वर्ष देखि पालैपालो मनाउने गरी भएको समझदारी विपरित केही संघसंस्थाहरुले आफूखुशी कार्यक्रम गरेको भन्दै ती संस्थाहरुले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

यसवर्षको छुसक पर्वका अवसरमा सेप्टेम्बर १२ र १३ का दिन कोरियामा रहेका विभिन्न संस्थाहरुले आलोपालो रुपमा सांस्कृतिक कार्यक्रम गर्ने अनुमति पाएको भए पनि केही संस्थाहरुले आफूखुशी विभिन्न बहानामा सिंगो समाजलाई नै आतंकित र भाडभैलो हुने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको खबरले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

समझदारी अनुसार सेप्टेम्बर १२ मा दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजले र सेप्टेम्बर १३ मा सुदुरपश्चिम समाज र तमुधि कोरियाले अलग अलग कार्यक्रम गर्ने अनुमति पाएको उल्लेख छ ।

विज्ञप्तीमा समझदारी बाहिर जाने र विभिन्न बहानामा व्यक्तिग लाभ लिने उद्देश्यराखी आयोजना राखि गरिएको कार्यक्रमलाई सहयोग नगर्न पनि उनीहरुले अनुरोध गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्ती निकाल्नेमा नेफिन कोरियाका अध्यक्ष युरोप तेन्डुप शेर्पा, प्रदेश नं ३ एकता समाजका किशोर ब्लोन नियोग, नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसी, सुदुरपश्चिम समाजका अध्यक्ष लालबहादुर साउद र तमुधी कोरियाका अध्यक्ष जीत गुरुङ रहेका छन् ।

वि.सं.२०७६ भदौ २२ आइतवार १५:२२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...