back
CTIZAN AD

एनआरएनए जापानमा देविलाल भण्डारी

वि.सं.२०७६ भदौ २२ आइतवार

732 

shares

२२ भदौ, जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित भएका छन् ।

एनआरएनए जापानको ७ सेप्टेम्बरमा सम्पन्न भएको निर्वाचनले अध्यक्षमा देवीलाल भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्ष भण्डारीले आफ्ना प्रतिद्धन्द्धी टाँसी वाग्दी लामालाई ३२ मतले हराएका हुन् । लामाले ५५३ मत ल्याँउद भण्डारीले ५८५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङले ८८२ मतसहित निर्वाचित भएकी छन् भने महिला उपाध्यक्षमा सविता श्रेष्ठ (निर्विरोध) र उपाध्यक्षहरुमा लक्ष्मण बरीयाल, लक्ष्मी बानियाँ, नाारायण खड्का र युवाउपाध्यक्षमा नवीन निउरे निर्विरोध निर्वाचित भएका छन् । साथै क्षेत्रिय उपाध्यक्षमा दीपक केसी निर्वाचित भएका छन् ।

परिषद्को महासचिवमा जनक विक्रम शाही, सचिवमा टिकाराम खरेल, विष्णु प्रसाद घिमीरे निर्विरोध निर्वाचित भएका छन् भने क्षेत्रिय सचिवमा विकास बस्नेत निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा कालिका थापा (निर्विरोध), सहकोषाध्यक्षमा सचिन श्रष्ेठ, युवासंयोजकमा राम थापा निर्वाचित भएका छन् भने,महिला संयोजकमा सविता अधिकारी निर्विरोध निर्वाचित भएकी छन् ।

त्यसैगरी परिषद्को सदस्यहरुमा राजेश खनाल, सुरेन्द्र घिसीङ, बाबुराम खरेल, महेश कुमार कटुवाल, दिलराम गैरे, शिभु थापा, जीवन कुमार गुरुङ निर्वाचित भएका छन् भने एक महिला सदस्यमा अन्जु भण्डारी र्नििरोध निर्वाचित भएकी छन् ।

वि.सं.२०७६ भदौ २२ आइतवार १५:२३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...