back
CTIZAN AD

नेकपाको बृहत् कार्यकर्ता प्रशिक्षण हुने,क-कसले दिँदै छन त प्रशिक्षण ?

वि.सं.२०७६ भदौ २२ आइतवार

867 

shares

२२ भाद्र, इलाम । पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र सङ्गठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को इलाममा दुईदिने बृहत् कार्यकर्ता प्रशिक्षण हुने भएको छ ।

यही भदौ २७ र २८ गते चल्ने प्रशिक्षण कार्यक्रममा केन्द्रीयस्तरका सात नेताको सहजीकरण रहने नेकपा इलामले जानकारी दिएको छ । सहजीकरणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य तथा प्रदेश संयोजक देवराज घिमिरे र डा विजय पौडेलले प्रशिक्षण दिनेछन् ।

पार्टी जिल्ला कार्यालयको भदौ ८ मा बसेको बैठकले बृहत्रूपमा कार्यकर्ता प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको हो । प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, सल्लाहकार कमिटीका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु सहभागी हुने जनाइएको छ ।

प्रशिक्षणमा जिल्लास्तरीय विभागका सदस्य, नगर र गाउँ कमिटी पदाधिकारी, कार्यालय सदस्यहरु, वडा कमिटीका पदाधिकारी अध्यक्ष, सचिव र जनसङ्गठनका केन्द्रीय सदस्य जिल्ला पदाधिकारी सहभागी हुनेछन् । (रासस)

वि.सं.२०७६ भदौ २२ आइतवार १५:५३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...