back
CTIZAN AD

भिजन २०२० को कार्यान्वयन मुख्य कार्ययोजना – कुमार पन्त

वि.सं.२०७६ भदौ २२ आइतवार

897 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले निवर्तमान अध्यक्ष शेष घलेले अघि सारेको भिजन २०२० एण्ड वियोन्डको एजेण्डा नै अबको मुख्य कार्ययोजना भएको बताएका छन् ।

एनआरएनए युकेको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पन्तले भिजन २०२० को कार्यान्वयन नै आफ्नो मुख्य कार्ययोजना भएको बताएका हुन् । “धेरै साथीहरुको प्रश्न छ, अबको तपाइको मुख्य कार्ययोजना र मुद्दा के हो ? पन्तले भने, “ मैले भन्ने गरेको छु, मेरो अथवा कुनैपनि अर्को साथीको मुद्दा भन्ने कुरै छैन, अब एउटा मुद्दा छ हामीले बोक्नुपर्ने, त्यो हो निवर्तमान हुँदै गर्दा शेष घलेले अघि सार्नुभएको भिजन २०२० एण्ड वियोण्डको जसलाई कार्यन्वयन गर्नु हो अबको हाम्रो कार्ययोजना हो । जसमा सबै कुरा समेटिएका छन् ।”

गैरआवासीय नेपाली संघको प्राथमिकतामा रहेको सम्पूर्ण विषय भिजन २०२० एण्ड वियोन्डकै एजेन्डा भएको उल्लेख गर्दै पन्तले भने, “हामीले लगानीको कुरा, च्यारिटीको कुरा गछौँ, नागरिकताको कुरा गछौँ, श्रमिकको हक हितको कुरा कल्याण कोषको कुरा, महिला र युवा सबैको कुरा त्यसैसँग जोडिएको छ ।”

स्थानअनुसार फरक–फरक रुची र एजेण्डा भएपनि ती सबैलाई भिजन २०२० ले नै सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै पन्तले व्यक्ति विशेषको भन्दा पनि समग्र संघले नै अनुमोदन गरेको मुद्दालाई अघि बढाउनुपर्ने बताए ।

ज्ञान सीप र प्रविधिलाई कसरी नेपालमा लैजाने भन्ने विषय समेत भिजन २०२० मै लिपिबद्ध भएको उनको स्मरण गराए ।

गत अक्टोबरमा काठमाडौंमा सम्पन्न विज्ञ सम्मेलनको सुझाव समेटेर श्वेत पत्र तयार गरी सरकारलाई पेश गरिसकेको र त्यसमा रहेको सम्भावनाका आधारमा समिक्षा भइरहेको पन्तले बताए। फरक प्रसंगमा पन्तले सदस्यता शुल्क परिमार्जन गरी संस्थाको आर्थिक पक्षलाई मजबुत बनाउन सकिनेमा जोड दिए । संसारभर रहेको नेपालीलाई गैरआवासीय नेपाली अभियानको एकसुक्रमा बाँध्न समेत आवश्यक रहेको र त्यसका लागि व्यत्ति व्यक्ति सचेत हुनुपर्ने उनको भनाई थियो ।

यसैबीच गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघका हरेक कामलाई प्रभावकारी बनाएर लैजानु आवश्यक भएको बताए । आगामी कार्ययोजनाको फेहरिष्त बनाई त्यसमा बृहत छलफल गरी एक आपसमा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

अधिवेशनमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, एनआरएन उपाध्यक्ष कुल आचार्य, सल्लाहकार डा हेमराज शर्मा, युरोप संयोजक शिवकुमार बरुवाल, केन्द्रीय सदस्य रामशरण सिंखडा, पूर्व आइसीसी सदस्य जमुना घलेलगायतको सहभागिता रहेको थियो ।
यसैबीच राष्ट्रिय समन्वय परिषद यूकेको निर्वाचन भने आगामी सेप्टेम्बर १४ मा हुनेछ । नयाँ नेतृत्वका लागि पुनम गुरुङ र शेरबहादुर सुनारको टीम प्रतिस्पर्धामा रहेको छ । युकेमा १३ हजार ५ सय ६२ सदस्य रहेका छन् ।

वि.सं.२०७६ भदौ २२ आइतवार १५:३५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...