२३ भदौ, काठमाण्डौं । चौतारा साँगाचोकगढी नगरपालिका–१० इर्खु दिपगाँउकी ६५ बर्षीय सुन्टी तामाङलाई सिन्धुपाल्चोक खुुल्ला दिसामुत्त घोषणा समारोहमा सम्मान गर्ने भएपछि १० बजे नै जिल्ला समन्वय समितिको प्रांगणमा आएकी थिइन् ।
सुन बेचेरै शैचालय निमार्ण गरेपछि उनलाई सम्मान गर्नै आयोेजकले जानकारी दिएपछि उनी खुसी हुदेैै कार्यक्रममा आएकी हुन् ।
आयोजकले सुन्टीलाई मञ्मा राखेको थियो । कलाकारले सागीतिक प्रस्तुति दिँदा सुन्टी खुसीले मञ्चमै नाचिरहेक िथिइन् ।
सम्मानको क्रममा खानेपानिमन्त्री विना मगरले सुन्टीलाई सम्मान गरेपछि उनी निकै खुुसी देखिन्थन् । ‘मेले कानमा लगाएकाो सुन नेै बेचेर ‘चर्पी’ बनाएर, आज उहाँहरुले सम्मान गर्नुभयो एकदमै खुसी छु,’ हातमा सम्मानपत्र लिएर मञ्चबबाट र्ओललदैे गर्दा उनले भनिन, ‘अब गाउँममा अरुले चर्पी बबनाएको रहेनछन् भने पनि बनाउन भन्छु, राम्रो गरेपछि हामीजस्ताका पनि दिन आउने रहेछ नि हगि नि बाबु !’ सोेमबारको राजधानी दैनिकबाट ।
वि.सं.२०७६ भदौ २३ सोमवार ०८:०७ मा प्रकाशित



























