back
CTIZAN AD

एल साल्भाडोरमा शक्तिशाली भूकम्प

वि.सं.२०७३ मंसिर १० शुक्रवार

906 

shares

१० मङ्सिर,मेक्सिको सिटी। एल साल्भाडोरमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्प ७.० म्याग्नीच्युडको मापन गरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको धक्का मध्य अमेरिकी मुलुकहरु होन्डुरस, निकारागुआ र ग्वाटेमालामा पनि महसूस गरिएको छ ।

वातावरण र प्राकृतिक स्रोत मन्त्रीले सुनामी आउन सक्ने भएकाले सतर्क रहन ट्विटरमार्फत सवै नागरिकलाइ आह्वान गर्नुभएको छ । सो शक्तिशाली भूकम्पप्रश्चात् पाँच पटक पराकम्प महसूस गरिएको थियो ।

भूकम्प शक्तिशाली नै भएपनि कुनै भौतिक तथा मानवीय क्षति भएको विवरणहरु भने हालसम्म प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सुरु यस भूकम्पलाई ७.२ म्याग्नीच्युडको मापन गरिएको भएतापनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले ७.० म्याग्नीच्युडको मापन भएको जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु एल साल्भाडोरको पुइर्टो ट्रिउन्फोबाट १५४ किलोमिटर दक्षिण र दक्षिणपश्चिममा समूद्री सतहदेखि ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर १० शुक्रवार १०:५३ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...