back
CTIZAN AD

१ हजार ३५७ विदेशी अपराधी फरार

वि.सं.२०७६ भदौ २४ मंगलवार

924 

shares

२४ भदौ, काठमाडौँ । नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको सङ्ख्या १ हजार ३५७ पुगेको छ । यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले देखाएको छ ।

अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीको कैद र दण्ड जरिवाना पनि असुलउपर हुन सकेको छैन । २०१९ सालयता नेपालमा अपराध गरेर फरार हुने विदेशीको सङ्खया वृद्धि भएको देखिन्छ ।

नेपाललाई अपराधको ट्रान्जिट प्याइन्ट बनाउने विदेशी अपराधीको सङ्ख्या बढिरहेको फैसला कार्यान्वयन निर्देशनालयको तथ्यांकले देखाएको छ । विदेशी अपराधी फरार हुँदा राज्यले उठाउनुपर्ने ५ अर्ब रूपैयाँ बढी जरिवाना समेत संकटमा परेको छ ।

फैसला निर्देशनालयको तथ्यांकअनुसार कैद तथा भुक्तान असुल गर्नुपर्ने विदेशी अपराधी सबैभन्दा धेरै झापामा २४२ जना छन् । चितवनबाट ६५ भारतीय अपराधी फरार छन् । तीमध्ये अधिकांश जबर्जस्ती करणी, लागूऔषध र चोरीको घटनामा संलग्न छन् । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ २४ मंगलवार ०७:४६ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...