२४ भदौ, काठमाण्डौं । बहुुप्र्रीक्षित मोतिहारी–अमलेख पेट्रोलियम पाइपलाइनमाफर्त आज (मंगलबार) बाट औपचारिक रुपमा इनधन भित्रने भएको छ ।
नेपाल र भारतका दुवैै देशका प्रधानमन्त्रीले करिबब १२ बजे औपचारिक रुपमा पाइपलाईन उद्घाटन गर्ने भएका छन् । यो योजना नियमित सञ्चालन हुनेछ । प्रधानमन्त्री केपी ओेली र उनका भारतीय समकक्षी नरेन्द्र्र मोदीले आ–आफनौ देशबाट स्विच थिचेर पाइपलाइन उदघाटन गर्नेछन् ।
करिबब १२ बजे नयाँदिल्लीबाट नरेन्द्र मादीले थिचेको स्विचले नेपाल पठाउने र काठमाण्डौंबाट ओेलील थिचेको स्विचले रिसिभ गर्ने र्कायक्रम छ । त्यस्तै, निर्देशन जेपी सिन्हाले भाँडोमा थापेर नेपााल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौेडेलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि राखिएकोे छ ।
वि.सं.२०७६ भदौ २४ मंगलवार ०८:२७ मा प्रकाशित



























