हामी धेरैले राति सुत्नेबेलामा फोन चलाउँदा चलाउँदै सिरानी मुनि वा त आफ्नो छेउँमा राखेर निदाएका हुन्छौं । तर, सिरानीमुनि फोन राखेर सुत्दा त्यसले के–के बेफाइदा पुर्याउछ भन्नेमा भने अनभिज्ञ नैं हुन्छौं ।
सिरानी मुनि फोन राखेर सुत्दा कहिलेकाँही व्याट्रि तात्ने अथवा प्राविधिक कारण पड्कन सक्ने हुनाले सिरानीमुनि फोन राखेर सुत्नु घातक हुन्छ । फोन नचलाउँदा फोनले टावरसँग कनेक्सन खोजिरहने तथा रेडियसन उत्पादन गर्ने हुनाले यसले शरीरलाई असर गर्दछ ।
अर्को कुरा फोनलाई कानमै टासेर कुरा नगर्नुहोस् । मिल्छ भने हेडसेट लगाएर कुरा गर्नुहोस् । फोनलाई दूरीमा राखेर कुरा गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साथै फोनमा धेरैजसो म्यासेजबाटै कुरा गरेको राम्रो हुन्छ । म्यासेज पठाउँदा भन्दा फोन गर्दा बढी रेडियसन उत्पादन हुने हुँदा टेक्स्ट म्यासेज पठाउँदा राम्रो हुन्छ ।
एक रिसर्चका अनुसार मोबाइलमा हाम्रो यतिधेरै लगाव भइसक्यो कि, हामीले आफ्ना सूचना मोबाइलमार्फत अरुलाई पठाउँदा पैसा कमाउँदा अनि आफूलाई मन परेको खाना खाँदा जत्तिकै खुसी मिल्दछ । तर, मोबाइलको धेरै प्रयोगलाई विज्ञहरु भन्छन्– ‘यो एकप्रकारको डिजिटल प्रदूषण जस्तै हो ।’
त्यसैगरी तपाईले दिनभरीमा केही घण्टा आफूलाई मोबाइल फ्रि बनाउन सक्नुहुन्छ । साथै सातामा एकदिन यसरी नै मोबाइल छोडेर बस्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
रातिको समयमा आफ्नो मोबाइलको नोटिफिकेशन बन्द गरेर सुत्नु तपाईलाई यसले डिस्र्टब गर्दैन । तपाई राति आरामले सुत्न सक्नुहुन्छ ।
वि.सं.२०७६ भदौ २४ मंगलवार ०८:४९ मा प्रकाशित



























