back
CTIZAN AD

गाईपालनतर्फ किसान आकर्षित

वि.सं.२०७६ भदौ २४ मंगलवार

762 

shares

२४ भदौ, इनरुवा । सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५÷०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ ।

जिल्लामा आव २०७४÷०७५ मा तीन लाख ९२ हजार ७७३ को सङ्ख्यामा गाईपालन गरिएको थियो भने आव २०७५÷०७६ मा बढेर तीन लाख ९५ हजार ६०० पुगेको विज्ञकेन्द्रका सूचना अधिकारी केशव श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा आव २०७४÷०७५ मा स्थानीय जातका दुई लाख ७४ हजार ९४१ को सङ्ख्यामा गाई रहेका थिए भने आव २०७५÷०७६ मा दुई लाख ७६ हजार ९२० को सङ्ख्यामा स्थानीय जातका गाई रहेका विज्ञ केन्द्रको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आव २०७४÷०७५ मा वर्णशङ्कर जातका ९४ हजार २६५ र आव २०७५÷०७६ मा ९४ हजार ९४४ को सङ्ख्यामा वर्णशङ्कर जातका गाईपालन भइरहेका विज्ञ केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताए । त्यसैगरी आव २०७४÷०७५ मा उन्नत जातका २३ हजार ५६६ र आव २०७५÷०७६ मा २३ हजार ७३६ को सङ्ख्यामा उन्नत जातका गाईपालन भइरहेका उनले जानकारी दिए । (रासस)

वि.सं.२०७६ भदौ २४ मंगलवार ०९:४६ मा प्रकाशित

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...