back
CTIZAN AD

विदेश छाडेर गाउँमै प्राङ्गारिक तरकारी खेती

वि.सं.२०७६ भदौ २४ मंगलवार

735 

shares

२४ भदौ, बेनी । पछिल्लो समय तरकारीबारीदेखि भान्सा र मुखसम्मनै विषादीयुक्त तरकारी र फलफूल पुग्ने गरेको सन्दर्भमा म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङका चार युवाले सामूहिक प्राङ्गारिक तरकारी खेती शुरु गरेका छन् । लामो समय वैदेशिक रोजगारीमा समय व्यतीत गरेका तेजेन्द्र आचार्य, ओमबहादुर दर्जी, दलबहादुर नेपाली र भविलाल सुवेदीले सात रोपनी जग्गा भाडामा लिएर तरकारीखेती शुरु गरेका हुन ।

कतार र मलेसियामा रोजगारीको क्रममा वर्षौ समय बिताउँदासमेत उल्लेख्य प्रगति नभएपछि गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अङ्गालेका युवा कृषक आचार्यले बताए । ‘‘६ वर्ष वैदेशिक रोजगारीबाट गुजाराबाहेक केही भएन, अब गाउँकै माटोमा पसिना बगाउने निधो गरेर कृषि उद्यम शुरु गरेका छाँै’’, आचार्यले भने

व्यावसायिक प्राङ्गारिक तरकारीखेती शुरु गरेका चारै जना वैदेशिक रोजगारीबाट फर्केका हुन् । मङ्गला प्राङ्गारिक तरकारीखेती तथा प्राङ्गारिक मल उत्पादन फार्म सञ्चालन गरेर प्राङ्गारिक तरकारी उत्पादन गर्दै आएका छन् ।

अहिले पाँच वटा टनेलमा टमाटरसँगै करेला, घिरौँला, भण्टा, खुर्सानी, बोडी, बन्दा, काउलीलगायतका तरकारी उत्पादन गर्दै आएको कृषक नेपालीले बताए । ‘‘आलु, मटरकोसालगायतका तरकारीसमेत रोपेका छाँै, उत्पादन भएको तरकारीका लागि बजारको अभाव छैन, शुरुआतमा गरेको लगानी उठिसकेको छ’’, नेपालीले भने ।

उत्पादित तरकारी नजिकै रहेको बाबियाचौर, दरबाङलगायतका बजारमा खपत हुनुका साथै स्थानीयस्तरमा समेत खरिदबिक्री हुँदै आएको छ । परिश्रम गरेपछि स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने निचोडमा उनिहरू पुगेका छन् । उनिहरूले सामूहिक तरकारी खेतीसँगै घरमा समेत तरकारी खेती र पशुपालनलाई सँगसँगै अघि बढाएका छन् ।

मङ्गला–२ लरेनी घर भएका कृषक ओमबहादुर दर्जीले कतार र दुबईमा ७ वर्ष समय बिताउँदा पनि सुख प्राप्तिको कुनै सम्भावना नदेखेपछि घर फर्किएर कृषि फममा आवद्ध भएको बताए । ‘‘विदेशमा ठूलो परिश्रम गरियो, आफू जाँदाको ऋण तिर्नबाहेक अरू केही उपलब्धि भएन, यहाँ कसैको अधिनमा बसेर काम गर्नुपर्दैन, हामी काम बाँडफाँट गरेर नियमित रूपमा फाम र मल उद्योगमा काम गछाँै, परिवारसँगै बसेर स्वदेशमै पसिना बगाउँदा मलाई ठूलो सन्तुष्टी मिलेको छ’’, उनले भने ।

वरिपरिका हरियाली धान खेतको बीचमा गरिएको तरकारी खेती नमूना फार्मको रूपमा विकास भइरहेको छ । चारै जनाले दैनिक रूपमा तरकारीखेतीमा गरेको काम झनै लोभलाग्दो छ । करेसाबारीमा गोडमेल, सङ्कलन गर्ने र बजारीकरण गर्ने उनिहरूको अहिलेको दैनिकी हो । शुरुआतमा रु चार लाख लगानी गरिएकोमा तरकारी खेती थप विस्तार गरी व्यावसायिक स्वरुपलाई बढाउने तयारी सो समूहको छ ।

उपभोक्ताले विषादीको प्रयोग र प्राङ्गारिका उत्पादनका सामानमा एउटै नजरले हेर्ने गरेको कारण उपभोक्तालाई बुझाउन कठिनाइ आइपरेको छ । कुनै पनि विषादी र रासायनिक मलको प्रयोग नगरिकनै प्राङ्गारिक तरकारी उत्पादन गरिए पनि उपभोक्ताले भने विषादियुक्त तरकारी र प्राङ्गारिक तरकारीलाई एउटै नजरबाट हेर्ने प्रवृत्ति रहेको उनिहरूको गुनासो छ । ‘‘ प्राङ्गारिक उत्पादन आफैमा जोखिम र गाह्रो काम हो तर बजारमा बुझाउन अलि गाह्रो भएको छ, फार्ममै आएर तरकारी लैजानेहरू विश्वस्त हुनुहुन्छ, अर्गानिक उत्पादनको महत्व बढ्नेमा विश्वस्त छौँ’’, सञ्चालक नेपालीले भने ।

उनका अनुसार तरकारीमा रोग कीराको सङ्क्रमण भएको समयमा गाईभैँसीको गहुँत र जैविक विषादी बनाएर प्रयोग गरिएको छ । टमाटर प्रतिकिलो रु ७०, करेला रु ८०, खुर्सानी रु १३५ मा बिक्री हुन्छ सो फार्ममा । व्यावसायिक तरकारीखेतीमा गाउँपालिका र कृषि ज्ञान केन्द्र कार्यालयबाट टनेललगायतका सामग्रीमा सहयोग प्राप्त भएपछि उनिहरूमा थप हौसला थपिएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै प्राङ्गारिक व्यावसायिक खेतीलाई जोड दिएको अवस्थामा युवाहरूले कोत्रबाङमा शुरु गरेको प्राङ्गारिक तरकारीखेती नमूनाका रूपमा अघि बढेको पाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘‘शुरुमा उनिहरूलाई प्राङ्गारिक मल उत्पादनसम्बन्धी तालीम दिएका थियौँ, उनिहरूले मल उद्योगसँगै अर्गानिक तरकारीखेती पनि थाले, पछि हामीले टनेल, पावर टेलर खरिदमा पनि अनुदानको व्यवस्था ग¥यौँ, स्वदेशमै केही गर्नुपर्ने भन्ने उनिहरूको मान्यतामा हाम्रो सकारात्मक साथ रहेको छ’’, अध्यक्ष रोकाले भने ।

गाउँपालिकाको सहयोगमा उनिहरूले नै सञ्चालन गरेको प्राङ्गारिक मल उद्योगमा उत्पादन भएको मलको तरकारी फार्म सञ्चालनमा आएसँगै सदुपयोग हुन थालेको छ । मल उद्योगबाट समेत आम्दानी भएको छ । उद्योगबाट उत्पादन हुने प्राङ्गारिक मल प्रतिकिलो रु २५ मा बिक्री हुन्छ । बजारमा निस्कने कुहिने फोहोर सङ्कलन गरी खेर गएको वनस्पति बनमारा, माटो, काठको धुलो, धानको भुसलगायतलाई मिसावट गरी तयार गरिने प्राङ्गारिक मल अहिलेसम्म १५० क्विन्टल बढी बिक्री भइसकेको छ । गाउँपालिकाले ८० क्विन्टल मल खरिद गरी कृषकलाई वितरण गरेको थियो भने लुम्लेस्थित नर्सरीमा समेत यहाँबाट मल लगिएको छ ।

कृषि मङ्गलाको प्राथमिकतामा

मङ्गला गाउँपालिकाले समृद्धिको प्रमुख आधार मानिएको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि र पर्यटन क्षेत्रमा गाउँपालिकामा रहेको सम्भावना उजागरका लागि प्राथमिकता दिइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताइन । उनले युवालाई जोडेर शुरु गरिएको प्राङ्गारिक मल उद्योग र अर्गानिक तरकारीखेती नमूनाको रूपमा अघि बढेको बताउँदै कृषिलाई थप जोड दिइएको जानकारी दिइन ।

आर्थिक वर्ष २०७५÷७६ मा कृषि र पशुपालन क्षेत्रमा रु ४८ लाख बजेट परिचालन गरेको मङ्गलाले चालू आर्थिक वर्षका लागि यस वर्ष रु ६२ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार, प्रत्येक वडाबाट पालिकाले दिएको सीमामा करीब रु पाँच लाखका दरले कृषि क्षेत्रका लागि थप बजेट विनियोजन भएको छ । यस वर्ष कृषकलाई टनेल, थोपा सिँचाइ, उन्नत जातका विरुवा र बीउ, उपकरणलगायतका वस्तु तथा सामग्री सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७६ भदौ २४ मंगलवार ०९:१८ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...