२४ भदौ, ललितपुर । लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा शाखा विस्तार गरेको छ ।
बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा ११२ औं शाखाको रुपमा ललितपुरको चापागाउँमा सोमबारदेखि शाखा सञ्चालनमा ल्याइएको हो ।
चापागाउँमा शाखा विस्तार सँगै बैंकको ४८ जिल्लामा ११२ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर ,१३६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स्एजेन्ट तथा ५८ शाखारहित बैंकिङएजेन्टहरु रहेको विज्ञप्तीमा जनाइएको छ ।
यसैक्रममा बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लद्दुवित्त, विमालगायतका वित्तीय सेवाहरुको व्यापक विस्तार तथा ग्राहकहरुकै रोजाइको माध्यममार्फत शाखा कार्यालय, इन्टरनेट बैंकिङ, र मोवाइल फोन मार्फत बैंकिङ सेवा प्रदान गर्ने पनि बैंकले बताएको छ ।
वि.सं.२०७६ भदौ २४ मंगलवार १०:०० मा प्रकाशित





























