back
CTIZAN AD

बजेट कार्यान्वयन शुरु

वि.सं.२०७६ भदौ २४ मंगलवार

915 

shares


२४ भाद्र, काठमाडौँ । चालु आर्थिक वर्षमा रु ६१ करोड बजेट रहेको मकवानपुरको मनहरि गाउँपालिकाले बजेटको कार्यान्वयन प्रक्रिया शुरु गरेको छ ।

गाउँपालिकाले सबै वडालाई पत्राचार गरी १५ दिनभित्र उक्त बजेट अन्तर्गतका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न भनेको छ ।

गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवराज चौलागाईंले सबै वडामा उपभोक्ता समिति गठनका लागि पत्राचार गरेको जानकारी दिए । उपभोक्ता गठनपछि बजेट कार्यान्वयन हुनेछ ।

गाउँपालिकामा अघिल्ला भन्दा यस वर्ष कम योजना बनेको बताइएको छ । उक्त योजना गाउँसभाबाट पारित भइसकेका छन् । गाउँपालिकाबाट उपलब्ध तथ्याङ्कअनुसार वडा नं १ मा २२, २ मा २३, ३ मा ४, ४ मा १२, ५ मा २०, ६ मा १७, ७ मा ३३, ८ मा ३० र ९ मा २९ वटा योजना गाउँसभाबाट पारित भइसकेको छ ।

यसवर्ष गाउँपालिकाले रु ६१ करोडको बजेट योजना निर्माण गरी कार्यान्वयन गरी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

देशकै ठूलो कृषि थोक बजार बन्ने

कृषि उपजको बजारीकरणको समस्या समाधान गर्न तीन तहको सरकारको पहलमा करीब रु ७० करोड लागतमा हेटौँडामा देशकै ठूलो कृषि थोक बजार केन्द्र निर्माण हुने भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालका अनुसार देशभर सरकारले रु ५० करोड भन्दा माथिको लगानीमा नौ वटा कृषि थोक बजार केन्द्र निर्माण गर्दैछ । करीब रु ७० करोडको लागतमा निर्माण हुने आधुनिक कृषि थोक बजार केन्द्र निर्माण भएपछि नेपाली किसानको उत्पादनको बजारीकरण र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । केन्द्र सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न गरिसकेको कृषि थोक बजार केन्द्रको निर्माणमा प्रदेश ३ सरकार र हेटौँडा उपमहानगरपालिकासमेत लागि परेका छन् ।

प्रदेश ३ सरकार कृषि बजारलाई सकेसम्म चाँडो निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउन चाहिरहेको बताउनुहुन्छ प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा । उनका अनुसार बजार निर्माणको काम दुई वर्ष्भित्र सम्मन्न भएर सञ्चालनमा आउँनेछ । बजार आधुनिक, हरेक सुविधा सम्पन्न र किसानमैत्री हुने उनको भनाइ थियो ।

उपमहानगरले तरकारी बजार निर्माणको काम चाँडो शुरु गर्न आफ्नो तर्फबाट पहल गरिरहेको र काम अघि बढाउन प्रदेश र सङ्घीय सरकारलाई घचघच्याई रहेको बताइएको छ ।

किसान महासङ्घका केन्द्रीय सदस्य महानन्द सापकोटा बिचौलियाको समस्या समाधानका लागि सरकारको प्रत्यक्ष हस्तक्षेप सहितको तरकारी तथा कृषि उपज थोक बजार केन्द्र आवश्यक रहेको बताउँछन् । सरकारले सिँचाइ र दक्ष कृषि प्राविधिक परिचालन गरेर उत्पानदमा जोड दिनुको साथै उत्पादित कृषि उपजको उचित मूल्य आउनेगरी बजारीकरण गर्नुपर्ने उनको भनाइ छ । “किसानसँग रु १५ मा किनेर ५० मा बेच्ने हाल सञ्चालन भइरहेका जस्ता किसानमारा तरकारी थोक बजार केन्द्रको आवश्यकता छैन ” उनले भने ।

हेटौँडा, ११ स्थित बजार केन्द्र निर्माणस्थलको सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री खनाल र प्रदेश ३ का कृषिमन्त्री लामालगायत कृषि विज्ञको टोलीले केही दिनअघि अवलोकन समेत गरेको थियो । (रासस)

वि.सं.२०७६ भदौ २४ मंगलवार १५:१७ मा प्रकाशित

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित...

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...