२४ भदौ, भक्तपुर । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गरेका छन् । भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गरेका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर पनि लिएका थिए ।
चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका सम्पदाको अवलोकन भ्रमण गरेका उनले आफ्नो तस्वीर नखिंच्न पत्रकारलाई आग्रह गरेका थिए । उनले आफूलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर अवलोकन गर्न दिन आग्रह गर्दै तस्वीर नलिइदिन अनुरोध गर्नुभएको एक सुरक्षाकर्मीले जानकारी दिए । भक्तपुर घुम्न पाउँदा अत्यन्त खुशी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताए । (रासस)
वि.सं.२०७६ भदौ २४ मंगलवार १५:१९ मा प्रकाशित





























