२५ भदौ, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजनको काम पूरा भएको पाँच महिना पूरा भइसकेको छ । तर, समायोजन भइसके भनिएका एक सय २५ कर्मचारी अझै यता न उता भएर अलपत्र अवस्थामा छन् ।
पाँच महिना पहिले गोरखा नगरपालिकामा समायोजन भएका अधिकृत खड्कबहादुर राना अहिलेसम्म समायोजन भएको कार्यालयमा हाजिर हुन पाएका छैनन् ।
गोरखा नगरपालिकाले संघको कर्मचारी नलिने भन्दै फिर्ता पठाइदिएपछि उनको अहिलेको दिनचर्या सिंहदरबार धाउँदै अब के हुन्छ ? भन्ने सोधखोजमै बित्ने गरेको छ ।
‘समायोजन भएको स्थानीय तहले हाजिर हुन दिएन,’ रानाले नागरिकसँग भने ‘मन्त्रालय जाने, गुनासो गर्ने गरेर दिन बितिरहेको छ । समायोजन भएको स्थानीय तहमा हाजिर हुन नदिएपछि तलब पनि पाइको छैन ।’
वि.सं.२०७६ भदौ २५ बुधवार ०७:४७ मा प्रकाशित



























