२५ भदौ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो ।
भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उनको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहेका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आउएका थिए । दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए ।
नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उनका चार छोरा र दुई छोरी हुनुहुन्छ । उनको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उनको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ । (रासस)
वि.सं.२०७६ भदौ २५ बुधवार ११:१० मा प्रकाशित






























