२५ भदौ, काठमाण्डौं । समाजवादी पार्टी नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठको उपस्थितिमा अमेरिकाको ज्याक्सन हाइटमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
नेपाली समाज अमेरिकाद्धारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपालको सन्दर्भमा ‘सम्मुन्नत संघीय समाजवाद र यसको महत्व’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम राखिएको हो ।
मिती :- सेप्टेम्बर १५ आईतबार
२०१९
स्थान :- ४० ०८
७६स्ट्रीट ज्याक्सनहाईट
समय:- दिउसो २:०० बजे
देखी साँझ ७:००बजे सम्म
आयोजक :- नेपाली समाज अमेरीका
वि.सं.२०७६ भदौ २५ बुधवार १०:५६ मा प्रकाशित






























