back
CTIZAN AD

शिक्षक लाईसेन्स : प्राथमिक तहको विषयगत प्रश्न संगालो

वि.सं.२०७६ भदौ २५ बुधवार

2.2K 

shares

२५ भदौ, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत\ विषयगत प्रश्नोत्तर तथा पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने खण्ड (ख) र खण्ड (ग) अन्तर्गत शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षणका केही प्रश्नहरु लिएर आएका छौँ ।


यी पनि हुन् अध्यापन अनुमतिपत्र प्राथमिक तहमा सोधिने केही प्रश्नहरु:

तहः प्राथमिक

प्रश्न नं. १. भाषाका सिपहरु उल्लेख गरी प्राथमिक तहको नेपाली भाषा विषयमा लेखाइ सिप शिक्षण गर्दा प्रयोग गर्न सकिने तीनओटा कार्यकलापहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं २. “३६ ” मा दिएको अङ्कमध्ये कुन ठूलो छ ? भन्ने प्रश्न गर्दा जवाफमा ६ ठूलो भनी उत्तर दिने बालकको पूर्व सिकाई र त्रुटि क्षेत्रको विश्लेषण गरी ३६ मा ३ ठूलो हो भन्ने धारणा दिन के कस्ता कार्यकलापहरुद्वारा शिक्षण गर्नुहुन्छ रुस्पष्ट पार्नुहोस् ।


प्रश्न नं ३. कक्षा ५ मा सामाजिक समस्या र समाधान भन्ने पाठ शिक्षण गर्न कुनै दुईओटा विशिष्ट उद्देश्य तयार गरी कक्षा शिक्षण पश्चात विद्यार्थी मूल्याङ्कन गर्न तीनओटा प्रश्न तयार पार्नुहोस् ।

प्रश्न नं ४. सजीव र निर्जीव वस्तुहरुको वर्गीकरण गर्ने चारओटा आधारहरुको सूची बनाई सजीव बस्तुको बारेमा कक्षा ४ मा शिक्षण गर्दा प्रयोग गर्न सकिने कुनै तीनओटा स्थानीय शैक्षिक सामाग्रीहरुको उल्लेख गर्नुहोस् ।

प्रश्न नं ५.What are the difficulties english   language  teaching  in primary level ? How do you  solve  them ?


प्रश्न नं ६ . स्वास्थ्य शिक्षा विषय शिक्षणका लागि कुनै ४ चार उपयोगी विधिहरु उल्लेख गर्नुहोस् र कक्षा ३ को खानेकुराको स्रेत भन्ने पाठ शिक्षण गर्दा प्रयोग गरिने कार्यकलापहरु लेख्नुहोस्


प्रश्न नं ७. नेपालको सन्दर्भमा प्राथमिक तहमा स्थानीयस्तरमा पाठ्यक्रम निर्माण गर्नु किन आवश्यक छ ? कारणहरु रल्लेख गर्नुहोस् ।


प्रश्न नं ८. प्राथमिक तहमा बालमैत्री सिकाइ वातावरण निमार्णका लागि सिर्जनात्मक कला विषय शिषणले खेल्न सक्ने भूमिकाबारे कुनै पाँचओटा बुँदाहरु लेख्नुहोस् ।

प्रश्न नं ९. नेपालजस्तो बहुभाषिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक विविधता रहेको समाजमा एउटा विद्यालयले विविधता व्यवस्थापनमा खेल्नुपर्ने भूमिकामा आधारित भई समावेशी शिक्षाका लागि विद्यालयले सञ्चालन गर्न सक्ने ५ ओटा कार्यक्रमहरु र ती कार्यक्रमहरुबाट प्राप्त हुने सम्भावित उपलब्धिहरुसमेत उल्लेख गर्नुहोस ।

वि.सं.२०७६ भदौ २५ बुधवार १०:३० मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...