२५ भाद्र, काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले लगनशिल, ईच्छुक तथा योग्यता पुगेको केहि कर्मचारीहरूको माग गरेको छ ।
कुपण्डोल स्थीत उक्त कम्पनीले सहायक अधिकृत तह छ सेवा (लेखा/प्रशासन) मा १३, सहायक अधिकृत सेवा (कानुन) मा १, सहायक सेवा (लेखा/प्रशासन) मा २७, सहायक तह ४ सेवा (सूचना प्रविधि) मा २, सहायक सेवा (प्रकाशन) मा १, कनिष्ठ सहायक –फिल्ड स्टाफ) तह ३ सेवा (लेखा/प्रशासन) मा ४५ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
सो कम्पनीका अनुसार उम्मेदवार छनौट विधि ः लिखित, प्रयोगात्मक÷प्रस्तुतीकरण÷समूह छलफल तथा अन्तवार्ता हुने साथै प्रारम्भीक रुपमा छनौट भएका उम्मेरदवारलाई मात्र लिखित परिक्षामा सहभागी गराउने र परिक्षाको कार्यक्रम तथा परिक्षा केन्द्र बैंकको वेवसाईट मा परीक्षा हुनुभन्दा ५ दिन अगाडी प्रकाशित गरिने साथै short list भई परीक्षा दिन आउँदा आफ्नो योग्यताका प्रमाणपत्र, तालिम, अनुभव र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य चाहिने जनाइएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–५१८०१८२ मा सम्पर्क गर्न सकिने तथा दरखास्त फारम बैंकको वेवसाइट www.ncbl.coop/vacancy मा गई फारम submit गर्न सकिने जानकारी दिइएको छ ।
यसैबिच खिचापोखरी स्थीत एक प्रतिष्ठित सहकारी संस्थाले पनि बजार अधिकृतमा १ जना स्नातक पास भएको र बजार प्रतिनिधिमा ५ जना +२ पास भएका कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले ७ दिन भित्र कार्यालयमा आवेदन दिन आह्वान गरेको छ ।
थप जानकारीका लागि फोनः नं. ०१–४२५७८६०, ४२५०४५० वा ईमेलः rkrayamajhee47@gmail.com मा सम्पर्क गर्न सकिने जनाएको छ ।
वि.सं.२०७६ भदौ २५ बुधवार ११:३८ मा प्रकाशित





























