back

हेवा खोला जलविद्युत् परियोजना ‘ए’को काममा अवरोध

वि.सं.२०७३ मंसिर ११ शनिवार

576 

shares
NTC AD

११ मङ्सिर,पाँचथर। हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि स्थानीयवासी र पाँचथर पावर कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएको जनाई स्थानीयवासीले अवरोध गरेपछि परियोजनाको काम ठप्प भएको छ ।

स्थानीयवासीले केही दिनदेखि कार्यालयको मूलढोकामै तालाबन्दी गरेका छन् । परियोजनाको कार्य क्षेत्रभित्र कालो झन्डा समेत गाडिएको छ । वार्ताका लागि प्रहरी प्रशासनले बोलाए पनि स्थानीयवासी वार्तामा बस्न नमानेको कम्पनीले जनाएको छ ।

परियोजना सञ्चालनका क्रममा लिखित र मौखिक रुपमा भएका सम्झौतामध्ये केही मात्रै पूरा भएका र बाँकी धेरै माग सम्बोधन नगरिएका कारण यथाशक्य सम्झौता बमोजिमको माग पूरा गर्नुपर्ने उनीहरुको भनाइ छ ।

स्थानीयवासी विनय रम्तेलले भन्नुभयो, “स्थानीयस्तरमा हाइड्रो सञ्चालन गर्नका लागि बनेको कम्पनीको विधान तथा ऐन सार्वजनिक गर्नुपर्ने, स्थानीयका लागि तत्काल सेयर निष्काशन गर्नुपर्ने, प्रभावित क्षेत्र याङ्नामको विद्युत् व्यवस्थापन गर्नुपर्ने, खानेपानी, सिँचाइ कुलोको व्यवस्था गरिदिनुपर्ने, सुरुङले गर्दा पहिरो बगेको क्षेत्रमा अनुगमन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायत १५ बुँदे माग अघि सारेर आन्दोलनमा उत्रेका छौँ ।”

हाम्रा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन चलिरहने उहाँले बताउनुभयो । उनीहरुले जिल्ला प्रशासन कार्यालय तथा राजनीतिकदल, सङ्घ संस्था तथा पाँचथर पावर कम्पनीलाई आफ्ना माग पूरा गर्न ज्ञापनपत्र समेत बुझाइसकेका छन् । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०२:५२ मा प्रकाशित

ADBL AD
मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक...

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

गण्डकी । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै...

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना...

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका...

सुक्खा पहिरो खसेसँगै बिपी राजमार्ग पुनःअवरुद्ध, सडक सञ्चालनको प्रयास जारी

सुक्खा पहिरो खसेसँगै बिपी राजमार्ग पुनःअवरुद्ध, सडक सञ्चालनको प्रयास जारी

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो...

यी तीन प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

यी तीन प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

  काठमाडौं । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग...