२६ भदौ, अमेरिका । न्यूयोर्कमा पपसम्राट ओम बिक्रम बिष्टको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्क राज्यको सिराक्युज शहर स्थित अस्पतालमा मृगौला प्रत्यारोपण सफल भएको हो ।
गत शनिबार सेप्टेम्बर ७ का दिन शल्यक्रिया भएको थियो भने सेप्टेम्बर ११ बुधबारको दिन अस्पतालले डिस्चार्ज गरेको छ । तर मृगौला प्रत्यारोपण भए पछि पनि ३ देखि ६ महिनासम्म नियमित अस्पताल जानु पर्ने हुन्छ ।
उनी अहिले छोरीको घरमा आराम गरि रहेका छन् भने मृगौला प्रत्यारोपण गरेपछि बोल्न सक्ने भएका छन् । पप सम्राट ओम बिक्रम बिष्टको स्वास्थ्य उपचारको सहयोगार्थ अमेरिका लगायत विभिन्न स्थानमा कोष वृद्धि कार्यक्रमको आयोजना गरिएको थियो ।
वि.सं.२०७६ भदौ २६ बिहीवार ०७:५५ मा प्रकाशित




























