२६ भदौ, काठमाण्डौं । जन्डिस निको पारिदिने भन्दै नीलकण्ठ नगरपालिका–३ का एक लामा झाँक्रीले बिरामीको पेटमा धारिलोे हतियाले प्वाल बनाइदिएका छन् । उनले दुई महिनादेखि जन्डिस रोगले थालिएका सोही नगरपालिका ९ झगरेका राजु मगरको पेटमा प्वाल पारिदिएकका हुन् ।
जन्डिस देखिएपछि सुरुमा अस्पतालमा उपचार गराएर घरमै रहेका बेला झाक्रीको उपचारले चाँडौ निको हुने सुनेपछि झाँक्रीको उपचारलाई देखाउन जाँदा पेटमा प्वाल खोपिदिएको राजुकी श्रीमती विमला मगरले बताइन ।
उनले भनिन् ‘झाँक्रीले शरीरको विकार फालिदिने बताएपछि उनले विश्वास गर्दा यस्तो घटना भयो ।’
झाँक्रीले विकार निकालिदिन्छु भन्दै बन्दकोठामा थुनेर ब्लेडले पेटमा चिरिदिएको श्रीमती विमालाले बताइन् । उनले भनिन ‘म पनि सगँै थिए मलाइ भित्र छिर्न दिएन । बिहिबारको अन्नपुर्ण दैनिकमा ।
वि.सं.२०७६ भदौ २६ बिहीवार ०८:१४ मा प्रकाशित



























