२६ भदौ, काठमाडौँ । उपत्यकामा डेंगु ज्वरोका कारण स्कुले विद्यार्थी पनि प्रभावित भएको पाइएको छ । डेंगी प्रभावित क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीमा यो समस्या देखिएको हो ।
उपत्यकाका विद्यालयमा डेंगु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियान नचलाउँदा विद्यार्थी असुरक्षित देखिएका छन् । विद्यालयले बालबालिकालाई डेंगुबारे पर्याप्त जानकारीसमेत गराएका छैनन् ।
काठमाडौँको महाबौद्ध मावि कक्षा १० मा अध्ययनरत छात्रा रेजिना तामाङ बुधबार क्षेत्रपाटी निःशुल्क चिकित्सालयको आकस्मिक कक्षमा पुगिन् । नाकबाट रगत आउने, शरीरमा बिमिरा आउने र आँखाको गेडी दुख्ने समस्या भएपछि अस्पताल आएको उनले बताइन् ।
सो विद्यालयमा अध्ययनरत एक घरका तीनजनालाई पालैसित डेंगु ज्वरो आएको पाइएको छ । बिहीबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ भदौ २६ बिहीवार ०८:१८ मा प्रकाशित



























