back
CTIZAN AD

आठ स्थानीय तहमा कृत्रिम गर्भाधान केन्द्र सञ्चालन

वि.सं.२०७६ भदौ २७ शुक्रवार

768 

shares

२६ भदौ, तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले नश्ल सुधार कार्यक्रमअन्तर्गत जिल्लाको १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा कृत्रिम गर्भाधान केन्द्र सञ्चालनमा ल्याएको छ ।

चार नगरपालिका र छ गाउँपालिका रहेको यस जिल्लामा ऋषिङ र घिरिङ गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा कृत्रिम गर्भाधान केन्द्र सञ्चालनमा ल्याइएको हो । उन्नत जातको चौपायले दूध धेरै दिने, चाँडै बढ्ने र बढी आम्दानी पनि दिने भएकाले कृषक यसतर्फ आकर्षित बन्दै गएको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले बताए ।

उक्त केन्द्रले उन्नत जातको भैँसी, गाई तथा बाख्रा पाल्नका लागि कृषकलाई प्रोत्साहन गर्दै आएको छ । कृषकले उन्नत जातका पशुपालनबाट बढी आम्दानी लिनसक्ने हुँदा प्रोत्साहन गरिएको जानकारी दिँदै उनले भने, “उन्नत पशु पालनका लागि नश्ल सुधार गर्नुपर्ने भएकाले उन्नत पशुचौपाय खरीदमा कृषकलाई अनुदानको व्यवस्था गरिएको छ ।”

नश्ल सुधार गरी दूध तथा दूधजन्य पदार्थ र मासुको उत्पादन र उपादकत्वमा वृद्धि गर्न अनुदानको व्यवस्था गरिएको छ । कार्यालयले उन्नत जातको आठ वटा राँगो खरीद गर्न जनही रु ६० हजार अनुदान दिने भएको छ । पशु प्रजननका लागि व्यावसायिकरुपमा उन्नत जातका पशु पाल्दै आएको कृषक, कृषक समूह वा समितिले स्थानीय तहको सिफारिसमा १० बोका खरीदका लागि रु ३० हजारका दरले अनुदान व्यवस्था गरिएको सो कार्यालयले जनाएको छ ।

उन्नतमा भैँसीमा मुर्रा र बाख्रामा बोयर जातबाट बढी फाइदा लिन सकिने हुँदा पछिल्लो समय कृषक यसतर्फ नै आकर्षित भएका छन् । गाईपालक कृषक प्रायजसो कृत्रिम गर्भाधानबाट प्रजनन गर्न आकर्षित हुँदै गएकाले गोरु खरीदका लागि खासै अनुदान लिन कृषक आउने गरेका छैनन् ।

नश्ल सुधारमार्फत उन्नत जात पशु उत्पादन गरीे आपूर्ति बढाउने उद्देश्यले कार्यालयले अनुदानको व्यवस्था गरेको छ । स्थानीय जातका सुङ्गुर र कुखुरा संरक्षणका लागि पनि रु तीन लाख ५० हजार अुनदानको व्यवस्था गरिएको छ । व्यावसायिक कृषकलाई औषधि उपचार तथा खोर निमार्णका लागिसमेत अनुदानको व्यवस्था रहेको कार्यालयका प्रमुख डा श्रेष्ठले बताए । (रासस)

वि.सं.२०७६ भदौ २७ शुक्रवार ०९:४१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...